Powered by Blogger.
थाहामा सांस्कृतिक कार्यक्रम सँगै घैँटो फुटाई प्रतियोगिताको तयारी अन्तिम चरणमा


रुपक कालिराज
थाहानगर, ९ भाद्र /
चर्चित खेलमा परिणत हुदैँ आइरहेको घैँटो फुटाई प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । उत्तरी थाहा नगरपालिकामा विगत २१ वर्ष देखि हुदैँ आइरहेको घैँटो फुटाई प्रतियोगिता थाहा नगरपालिकाको शिखरकोट वजारमा भोलि शुक्रबार हुनेछ  । 
शिखरकोट वजार व्यवस्थापन समितिले गर्दै आइरहेको प्रतियोगितो यस वर्ष देखि शिखर क्वल शिखरकोटले गर्न लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको शिखरकोट वजार व्यवस्थापन समितिका अध्यक्ष अनित केसिले जानकारी दिनु भयो । 

उहाँका अनुसार प्रतियोगिता आयोजना गरिन लागेको सो क्षेत्र र प्रतियोगिताका सहभागिाको लागि आवश्यक चाहिने सम्पूर्ण सामाग्री लगायतका अन्य प्राविधिक पक्षको समेत तयारी पूरा भइसकेको छ । प्रतियोगिता अवधिभर थाहा नगरपालिको शिखरकोटको प्रतियोगिता हुने तल्लो बजार देखि माथिल्लो बजार सम्मको वरपरका यातायात सेवालाई व्यवस्थीत गरि एक तर्फीरुपमा सञ्चालन गर्र्ने व्यस्थास्था मिलाइएको छ । 

प्रतियोगितामा कुनै स्वस्थ्य समस्या आउन सक्ने भन्दै स्वास्थ्य सेवाको लागि एम्वुलेन्स तथा स्वस्थ्या कर्मी राखिने बताउनु भयो । घैँटो फुटाई प्रतियोगितालाई सभ्य र भव्य बनाउने तयारी स्वरुप जुटिरहेको केसिले जानकारी दिनु भयो । 

उहाँका अनुसार उद्घाटन समारोहमा हजारौँ भन्दा बढी दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ । यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउनको लागि यस वर्ष देखि थाहा कला केन्द्र मकवानपुरको सम्मन्वयमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको केसिले जानकारी दिनु भयो । 
सो कार्यक्रममा मकवापुर आईडल भएका दिपराज केसि,द्धितिय स्थान हाँसिल गर्नु भएका दिपक कालिराज लगायतले उद्घाटन समारोहमा सांगीतिक कार्यक्रम पस्कने छन् । कार्यक्रममा स्थानिय कलाकारको वेजेड प्रस्तुतति रहेने समेत जनाकारी दिनु भयो । 
लोकप्रिय वन्दै गइरहेको प्रतियोगितामा ७ वटा टिम सहभागी हुने लगभग पक्का भएको आयोजकले जनाएको छ । २५ फिट उचाईमा राखिएको घैँटो फुटाउनेलाई नगद ४ हजार ५ सय , क्रमश २०  फिट र १८ फिड उचाईमा रहेको घैँटो फुटाउने समुहलाई ३ हजार ५ सय र २ हजार ५ सय रहेका आयोजकले जनाएको छ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमी पर्वको भोलि पल्ट विगत २०५२ साल देखि यस प्रतियोगिता हुँदै आइरहेको छ । 
तस्विरःरामकुमार कार्कीको फेसवुकवालबाट















0 comments

Write Down Your Responses