Powered by Blogger.
प्रज्ञामा तामाङहरुको भव्य जमघट तथा चियापान हुँदै


काठमाडौं, ९ भदौ । नेकपा(एमाले) निकट तामाङहरुको संगठन नेपाल लोकतान्त्रिक तामाङ संघको १२ औं स्थापना दिवश भोली प्रज्ञा भवन कमलादीमा भव्य कार्यक्रमकाबीच सम्पन्न हुने भएको छ । 

संघ स्थापनाको सम्झनालाई अविश्मरणीय बनाउन भदौ १० गते शुक्रबार अर्थात भोली स्थापना दिवश मनाउन लागिएको अध्यक्ष दावा तामाङले जानकारी दिए ।

वृहत साँस्कृतिक कार्यक्रम सहित चियापान र अन्तरक्रिया गरेर स्थापना दिवश मनाउन लागिएको हो । सो अन्तरक्रियामा एमाले महासचिव इश्वर पोखरेलको प्रमुख आतिथ्यता रहने बताइएको छ । 

कार्यक्रममा एमाले सचिव तथा संघको छाता संघ नेपाल लोकतान्त्रिक आदिवाशी जनजाती महासंघका अध्यक्ष पृथ्वी सब्बा गुरुङ, एमाले युवा नेता, संसदीय दलका सचेतक तथा जनजाती फाँट इन्चार्ज गोकुल घर्ती तथा अन्य जनजाती नेताहरुको उपस्थिती रहने महासचिव विजय लोप्चनले जानकारी दिए । 

संघले बिहिबार बैठक गरेर स्थापना दिवशको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । स्थापना दिवशको सन्दर्भमा ‘संविधान कार्यान्वयनको चुनौति र हाम्रो कार्यभार’ विषयमा महसचिव पोखरेलले प्रवचन समेत दिनुहुने बताइएको छ । 

दिँउसो ठिक १ बजे सुरु हुने कार्यक्रममा सम्पूर्ण पार्टी नेता कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा पठाइसकेको भएपनि केही कारणवश प्राप्त नभएको खण्डमा यसैलाई आधिकारीक मानी उपस्थित हुन आग्रह गरिएको समेत संघका सचिवालय सदस्य रामचन्द्र बलले दामन पोष्ट डटकमलाई बताए । 

0 comments

Write Down Your Responses