Powered by Blogger.
दोस्रो थाहा महोत्सवको रौनक सुरु, थाहा आइडलको दोश्रो चरणमा २९ जना प्रवेश


पालुङ, १४ भदौ । थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा भाद्र २९ गते देखि असोज ८ गते सम्म हुन गइरहेको दोश्रो थाहा महोत्सवको ‘थाहा आइडल’ एकल गायन तथा एकल नृत्यको प्रि अडिशनमा  २९ जना  सहभागी दोश्रो चरणमा प्रवेश गरेका छन् ।

पालुङ जेसीजको सभाहलमा मंगलबार भएको प्रतियोगितामा गायन तर्फ १७ जना र नृत्य तर्फ १२ जना गरी २९ जना दोश्रो चरणमा प्रवेश भएको थाहा आइडल प्रि अडिशनका कार्यक्रम सञ्चालक अनित बिष्टले जानकारी दिए । 

मकवानपुर जिल्ला स्तरीय थाहा आइडलको प्रि अडिशन अन्तर्गत  यही शुक्रबार आग्राको डाँडाबासमा कार्यक्रम हुने कार्यक्रम संयोजक विजयश्याम अमात्यले बताए । 

दोश्रो चरणको कार्यक्रम भाद्र २५ गते पालुङ जेसीजको सभाहलमा हुने अमात्यले जानकारी दिए । भाद्र २९ गते उद्घाटन हुने दोश्रो थाहा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मूल समारोह समितिका अध्यक्ष कविराज खत्रीले बताए ।

0 comments

Write Down Your Responses