Powered by Blogger.
लियो क्लवलाई पहिलो बनाउने लक्ष्य, कालिराज जनसम्पर्क अधिकृतमा मनोनयन


हेटौंडा । लियो क्लव अफ हेटौडा भुटनदेविको यस आर्थिक वर्षको पहिलो वैठक मंगलवार हेटौडामा सम्पन्न भएको छ । 

बैठकको उद्घाटन गर्दै क्वलका नव निर्वाचित अध्यक्ष अर्जुन लामिछानेले क्लव समाजसेवाको क्षेत्रमा समर्पित अन्तराष्ट्रिय क्लव भएको बताउँदै अबका दिनमा समाजलाई हित हुने काम गर्नको लागि अग्रसर हुने बताउनु भयो । 

उहाँले मकवानपुर जिल्लामा विगत २ वर्ष देखि सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको यस क्वललाई अझ शसक्त बनाउनको लागि आवश्यक रहेकोले सबैको साथ सहयोगको जरुरी रहेको बताउनु भयो । उहाँले युवाहरु पछिल्लो समय निराश बन्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै सामाजिक कार्यमा लाग्न क्लवले प्रयत्न गरिरहेको समेत बताउनु भयो । 

अबका दिनमा क्लव मकवानपुर जिल्ला कै नमुना क्वल बनाउने समेत उहाँले उद्घोष गर्नुभयो । समाजका युवाहरुलाई एकीकरण गर्दै नेतृत्व तथा व्यत्तित्व विकासमा समेत क्वलले उल्लेखनीय भुमिका खेल्ने उपाध्यक्ष रोहित गुप्ताले बताउनु भयो । 

क्वलले आउँदै गरेको हिन्दु महिलाहरुको महान पर्वको अवसरमा पशुपति मन्दिरमा हुने तिज विशेष कार्यक्रममा मेडिकल क्याम्प राख्ने समेत निर्णय गरेको छ । बैठकमा अध्यक्ष अर्जून अधिकारी, उपाध्यक्ष रोहित गुप्ता, सह—सचिव अनिल अधिकारी, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

यसै बैठकबाट दामन पोष्टका विशेष सम्वाददाता तथा  रेडियो आकाश गंगा ८८.५ मेगाहर्जका समाचार प्रमुख रुपक कालिराजलाई जनसम्र्पक अधिकृतको रुपमा मनोनयन गरिएको छ ।  कालिराज थाहा कला केन्द्रका सञ्चालक तथा पालुङ जेसिज वर्ष २०१६ को सञ्चार संयोजक समेत हुन ।




0 comments

Write Down Your Responses