Powered by Blogger.
ऐतिहासिक टिष्टुङ उपत्यकामा १२ वर्षे बलि पुजा सम्पन्न


टिष्टुङ(बज्रबाराही) । राजधानीसंगै जोडिएको प्राचिन बस्ती टिष्टुङ उपत्यकामा १२ वर्षे बलिपुजा सम्पन्न भएको छ । शनिवार टिष्टुङवाशीको भव्य उपस्थितिमा तान्त्रिक विधीपूर्वक  स्थानीय पाल्चोकमा उक्त पुजा गरिएको हो ।

मल्लकालदेखि नै प्रचलनमा आएको टिष्टुङको १२ वर्षे नाच सुरु हुन अघि र सो नाच सम्पन्न भएपछि यस्तो खालको वलि पुजा गर्ने प्रचलन रहेको स्थानीय बताउँछन् । बीचमा लोप हुन लागिसकेको सो नाच स्थानीय युवा र भद्र भलाद्मी तथा तत्कालिन गाँउ विका समितिको पहलमा फेरी सुरु भएको थियो ।

बलि पुजामा राँगा, बोका लगायतका विभिन्न जातका जनावरहरुको वलि दिइएको थियो । तनत्र साधना अनुसार बोकाको छाला काढेर तथा राँगाको नसा छेदन गरी रक्त नलिबाट रगत निकालेर वलि चढाइने यो चलन धेरै पुरानो भएको स्थानीय मेघराज बलामी बताउँछन् । 

यस पुजा सम्पन्न भएपछि  स्थानीय महर्जन थरका धामीले नाच सिकाउने साइत हेरेर नाच सिकाउन थाल्ने र करिव २ वर्षपछि नाच प्रदर्शन गरिने चलन छ । सो पुजामा कर्माचार्य थरका पुजारीहरुले विशृष भूमिका निर्वाह गर्न गर्छन् । 

त्यसो त टिष्टुङमै हरेक ३–३ वर्षमा बज्रवाराहीको भव्य जात्रा तीन दिनसम्म चल्ने गर्छ । रथ यात्रा सहित हुने उक्त जात्राको लागि पुराने गुठीको व्यवस्था गरिएको छ । टिष्टुङको बाराही, पालुङको इन्द्रायणी र चित्लाङको भैरव स्थानीयको इष्ट देवता मानिन्छ । 




0 comments

Write Down Your Responses