Powered by Blogger.
मनहरीवाशीको समस्या समाधान गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासन


काठमाडौं, ९ भदौ । मकवानपुर मनहरीको बाढी पीडित बस्ती संरक्षण समितिका स्थानीयहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई भेटेर समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेका छन् । 

समितिका अध्यक्ष बुद्धरत्न लामाको अगुवाईमा गएको टोलीले बिहिबार प्रधानमन्त्री प्रचण्डलाई भेटेको हो । एक हजार तीन सय घर धुरी रहेको उक्त स्थानमा अझैपनि स्थानीयहरुले लालपूर्र्जा नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाककर्षण गराएको हो । 

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले तत्काल उक्त प्रकृया अगाडि बढाउनका लागि निर्देशन दिने प्रतिबद्धता जनाउनुभएको अध्यक्ष लामाले बताउनुभयो । 

टोलीमा पूर्व सांसद गोबिन्दराम चेपाङ, कुमारी मोक्तान लगायत सहभागि थिए ।



0 comments

Write Down Your Responses