Powered by Blogger.
क्यान इन्फोटेक २०१६ हेटौंडामा सुरु


हेटौडा, १० असोज । सूचना प्रविधिको मेला क्यान इन्फोटेक २०१६ मकवानपुरको हेटौडामा सुरु भएको छ । फेडेरशन अफ कम्प्युटर एशोसियसन नेपाल (क्यान), मकवानपुरको आयोजनामा शुरु भएको मेलाको उद्घाटन नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले सोमवार गर्नु भयो । 

उहाँले ‘प्रविधिको विकासबिना मुलुकको विकास हुन नसक्ने बताउनु भयो । सुचना प्रविधिले नकारात्मक कुराहरुलाई पनि भित्र्याएको बताउँदै प्रविधिको सही ठाउँमा प्रयोग गर्न आग्रह पनि गर्नु भयो । 

मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक कम्पनीको सहभागिता छ । यस्तै टेलिकम्युनिकेसनस, आईसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस, सफ्टवेयर सोलुसनस, पेमेन्ट सोलुसन्सलगायतको पनि सहभागिता छ ।

प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट विशेष छुटसहितको प्याकेज तथा हाइ स्पिड इन्टरनेट उपलब्ध गराइएको छ । टेलिफोन तथा मोबाइल फोन कम्पनीहरूले पनि आकर्षक अफर राखेका छन् । बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामग्रीहरूमा पनि सहुलियत दिइएको छ । नयाँ प्रविधिमा आधारित मोबाइल फोन, ट्याबलेट तथा अन्य उपकरणहरू यस प्रदर्शनीमा राखिएका छन् ।

सफ्टवेयरहरूमा नयाँ भर्जनसहितको अपडेट मोडल उपलब्ध हुनाका साथसाथै नयाँ कम्पनी तथा उत्पादनहरूको समेत थालनी यसै प्रदर्शनीमार्फत गरिने छ ।क्यान मकवानपुरका अध्यक्ष सन्तोष पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा क्यान महासंघका अध्यक्ष विनोद ढकाल, वरिष्ठ उपाध्यक्ष हेमन्त चौरासिया, मध्यमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो । 

प्रदर्शनी अवलोकनका लागि ३५ रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । विद्यार्थीका लागि २० रुपैयाँ तोकिएको जनाएको छ । असोज १९ गतेका दिन मकवानपुर डान्सिङ स्ट्रारको समेत घोषणा गरिनेछ । प्रदर्शनीमा ७० वटा स्टलहरु रहेका छन भने मेला १९ गतेसम्म चल्नेछ । सूचना प्रविधिको विकास र प्रवद्र्धनका लागि े बर्से्नि मेला आयोजना गर्दै आएको भए पनि ३ वर्ष पछि छैठोँ प्रर्दशनी यस वर्ष भएको हो ।

0 comments

Write Down Your Responses