Powered by Blogger.
प्रेस सेन्टर नेपाल प्रदेश २ को उपाध्यक्षमा खनाल निर्वाचित

मकवानपुर,११ असोज ÷ बिगत १५ बर्षदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल कृष्णउदास खनाल नेकपा माओवादी केन्द्र निकटको प्रेस सेन्टर नेपालको प्रदेश नम्बर दुईको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । सोमवार जनकपुरमा सम्पन्न भएको दुई नम्बर प्रदेशको पत्रकारहको  भेलाले खनाललाई तीन बर्षका लागि उपाध्यक्ष पदमा निर्वाचित गरेको हो ।

 नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव समेत रहनुभएका खनाल बारा जिल्लाबाट प्रकाशित हुने कृपा दैनिक पत्रिकामा बिगत १२ बर्षदेखि कार्यकारी सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ भने नेपाल समाचारपत्रको पर्सा जिल्ला संवाददताको रुपमा समेत रहनुभएको छ ।
 पर्साको वीरगन्जलाई कर्मथलो बनाइ पत्रकारिता गर्नुभएका खनाल अहिले भने हेटौंडाका स्थायीबासिन्दा हुनुहुन्छ । करिब चार महिनादेखि उहाँ मकवानपुरको हेटौंडाबाट प्रसारण हुने रेडियो निकासका स्टेशन कोर्डिनेटरको रुपमा  आवद्ध हुनुहुन्छ । आफूले मधेशमा गरेको कर्मको फल पाएकोमा आफू खुसी भएको खनालले प्रतिकृया दिनुभएको छ । 

0 comments

Write Down Your Responses