Powered by Blogger.
तामाङ कर्मचारी सञ्जाल गठन


काठमाडौं, ९ असोज । तामाङ समुदायका कर्मचारीबीच सहकार्य र सहअस्तित्व कायम गर्ने उद्देश्यले स्थापित तामाङ कर्मचारी सञ्जालको पुनर्गठन भएको छ । 

शनिबार राजधानीमा आयोजित भेलाले टेकराज स्याङ्तानको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको हो । कार्यसमितिमा उपाध्यक्षमा वीरबहादुर लामा, सचिवमा दामोदर लामा, कोषाध्यक्षमा लक्ष्मी रुम्बा, सदस्यहरु सन्तोष थिङ तामाङ, सुकराम घिसिङ, रवि तामाङ, शारदा लामा र पछि एकजना मनोनित गर्नेगरी चयन भएका छन् ।

कार्यक्रममा पूर्वमन्त्री रेशमबहादुर लामा तथा सांसदहरु बहादुरसिंह लामा, दिलमान पाख्रिन, यशोदाकुमारी लामा, शेरबहादुर लामा, परशुराम तामाङ लगायतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमको संयोजन तामाङडाजाङ डटकम डट एनपीको तर्फबाट अर्जुनबहादुर तामाङले गरेका हुन् । कार्यक्रममा चर्चित गायक फुलकुमार बम्जनले सेलोगीत गाएका थिए भने कवियत्री लक्ष्मी रुम्बाले कविता वाचन गरेकी थिइन् । 

कार्यक्रम तामाङ डाजाङको संरक्षक एवं ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ निमाघ्याम्छो बल लामाको सभाध्यक्षमा सम्पन्न भएको थियो । 

सहसचिव तथा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, दोलखाका जिशिअ उपसचिव लोकबहादुर लोप्चन, गृहमन्त्रालयका उपसचिव आस्मान तामाङ, प्रहरी उपरीक्षक एवं गीतकार टेकबहादुर तामाङ, प्रहरी उपरीक्षक वसन्तकुमार तामाङ, प्रहरी नायब उपरीक्षक सन्तोष तामाङलगायत तामाङ कर्मचारीहरुको उपस्थित रहेको थियो । 





0 comments

Write Down Your Responses