Powered by Blogger.
लायन्सको शुभकामना आदानप्रदान सम्पन्न


हेटौंडा, १४ असोज । आउँदै गरेको महान चाड विजयदशमी, तिहार र छठ पर्वको अवसरमा लायन्स क्लव अफ भुटनदेविको आयोजना शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै सिनियर डिस्ट्रक एडभाईजर राम श्रेष्ठले लायन्स क्लवको सकृयता देखेर खुसि लागेको बताउनु भयो । कार्यक्रममा शुभकामना मन्तव्य दिँदै जोन चियरपर्सन विष्णु गोपाल महजर्नले आफुको औकात हेरेर खर्च गरि यस महान पर्व मनाउनको लागि सबैमा आग्रह गर्दै शुभकामना दिनु भयो ।

एओजि लायन्स करुण महतले दशै कसैको दश नबनोस् भन्दै सबैले सहि तरिकाले मनाउनको लागि शुभकामना दिनु भयो । कार्यक्रमलाई समापन गर्दै संस्थाका अध्यक्ष निलम वैद्यले लायन्स क्लव हरेक कुरामा अगाडि रहेको र सँधै सामाजिक कार्यमा यसरी नै आगाडि वढ्ने र सबैको साथ सहयोगको अपेक्षा गर्दै शुभकामना व्यक्त गर्नु भयो । 
सो शुभकामना आदान प्रदान कार्यक्रममा लियो तथा लायन्सका सम्पूर्ण प्रदाधिकारीहरुको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses