Powered by Blogger.
युवा शक्ति जागरण क्लवले दशैको अवसरमा लागु पदार्थ दुव्र्यशन बिरुद्ध जनचेतनामुलक कार्यक्रम गर्दै

हेटौडा,१३ असोज / नेपालीहरुको महान पर्व विजया दशमी दीपावली तथा छठको पूर्व सन्ध्यामा युवा शक्ति जागरण क्लवले विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । युवा एकता शान्ति र समृद्धिको लागि अपरिहार्यता भन्ने मूल नाराका साथ स्थापना भएको क्लवले लागु पदार्थ दुव्र्यशन बिरुद्ध जनचेतनामुलक कार्यक्रमको आयोजना गर्ने भएको हो ।
 बिहीबार आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै क्लवले १५ गते बिंगो कार्यक्रम र १६ गते जनचेतनामुलक कार्यक्रमसंगै दिउँसो विशेष साङ्गीतिक कार्यक्रम हुने जानकारी दिएको हो ।
 कार्यक्रममा विभिन्न चेतनामुलक नृत्य, गायन, नाटक तथा लागूपदार्थ दुव्र्यसनीको बिरुद्धमा काम गर्दै आएको मकवानपुर रिकभरिङ सेन्टरका प्रतिनिधीसहित अन्य व्यक्तिहरुको प्रेरणादायिक मन्तवय हुने क्लवका अध्यक्ष उमेश लामाले जानकारी दिनु भयो ।


 करिब डेढ लाख रुपैंया खर्च हुने अनुमान गरिएको कार्यक्रमको खर्च स्थानीय स्तरबाटै संकलन हुने उहाँको भनाई छ । स्थानीय सहित काठमाण्डौंबाट पनि कलाकारहरु ल्याइने क्लवका सचिव सुवास लामाले बताउनु भयो ।

0 comments

Write Down Your Responses