Powered by Blogger.
शिक्षा क्षेत्रका मकवानपुरे हस्तीहरु सम्मानित


हेटौंडा, १४ असोज । भूकम्प पिडित विद्यार्थीहरुको शैक्षिक एवं अन्य सहयोगको लागि आयोजना गरिएको वृहत साँस्कृतिक कार्यक्रम हेटौडामा सम्पन्न भएको छ । 

‘शिक्षाका लागि संगित ’ भन्ने नाराका साथ हेटौँडा क्षेत्रका सम्पुर्ण लियो क्लबहरु र गोल्डेन स्टार इन्टरटेन्मेन्ट गु्रपको संयुक्त आयोजनामा भएकोे बृहत साँस्कृतिक कार्यक्रम कार्यक्रम संयोजक किशोर कुमार टण्डनको सभाध्यक्षता तथा नेकपा एमाले स्थायी कमिटि सदस्य तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पान्डेको प्रमुख आतिथ्यतामा भएको हो । 

कार्यक्रमका प्रमुख अथिति रहनु भएका पूर्वमन्त्री पाण्डेले हाल देश नयाँ बाटोमा गइरहेको बताउदै अबका दिनमा तेस्रो पुस्ताको पार्टी बनाउन खोजिरहेको बताउनु भयो । छोटोे समयमा देशलाई समृद्धि तर्फ लैजानको लागि युवा नेतृत्व आवश्यक रहेको बताउदै देश बनाउनको लागि यूवा अगाडि वढनु पर्नेमा जोड दिनु भयो । एक अर्कामा खिचातानी भन्दा पनि एकले अर्कालाई पास गरेर  जित्ने खेलाडि जस्तो हुन सबैलाई आग्रह गर्नु भयो ।

सोहि अवसरमा साँस्कृतिक कार्यक्रमसँगै मकवानपुर जिल्लामा रहेर शिक्षा र संगितमा योगदान पु¥याउने ५ जनालाई सम्मान समेत गरेको छ । सम्मान प्राप्त गर्नेहरुमा शिक्षा क्षेत्रका मकवानपुरे हस्तीहरु बद्री शर्मा, युवराज गिरी, पुरनबहादुर जोशी, बच्चुराम अधिकारी तथा संगित तर्फ जन गायक आशाकाजी श्रेष्ठ रहेका छन् ।

शारदा उच्च मावि आम्भञ्याङमा अध्यानरत विनिशा पुनसैनी, जनता उच्च मावि फापरबारीका सुकराम पाख्रिन, त्रिभुवन नमुना माविकी श्रृजना विक, कालिका उच्च मावि नामटारका गंगा घिमिरे, र आमभञ्याङका विक्रम लामा गरि  ५ जना भुकम्प पिडित विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गरिएको छ । 

गायिका रजिना रिमाल, गायक शिव परियारले गीतले हेटौडेली दर्शक झुमेका थिए । शिवको ‘क्या दामी भो’ गीतमा वान्स मोर आएपछि उहाँले पिउदिन भन्दा भन्दै वोलको गीत गाए पश्चात झन माहोल तातेको थियो । 
यसका साथमा उहाँले अन्य थुप्रै गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । त्यस्तै मेलिना राईले तिमीलाई के भनौ भन्ने बोलको गीत गाए पश्चात सबै दर्शक छमछमी नाचेका थिए । 

लोक दाहोरीका चर्चित गायक सुगम पोखरेल मञ्चमा आउँदा उहाँका फ्यानहरुले उठेरै स्वागत गरे । कार्यक्रममा कोशीस क्षेत्री , डिजे असिम सँगै स्थानिय कलाकारले समेत हेटौडेलिलाई नचाएका थिए ।

 सो कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि,लायन्स तथा लियोका प्रतिनिधि,पत्रकार लगायतको उपस्थित रहेको थियो ।




0 comments

Write Down Your Responses