Powered by Blogger.
विश्वविद्यालय खेलकुद संघले ल्यायो खेलकुद सुधारका ३ एजेन्डा


काठमाडौं । राष्ट्रिय विश्वविद्यालय खेलकुद संघ नेपालले खेलकुद क्षेत्र सुधारका लागि ३ वटा प्रमुख एजेन्डा अघि सारेको छ । संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त एजेन्डाबारे जानकारी दिएको हो ।  संघले विश्वविद्यालय मातहतका सबै क्याम्पस र विद्यालयमा खेल प्रशिक्षक नियुक्त गर्न पनि  माग गरेको छ ।

संघले दुई साताअघि सम्पन्न भएको महाधिवेशनको निर्णबारे जानकारी दिँदै विद्यार्थीलाई नियमित प्रशिक्षण गराउन विश्वविद्यालय मातहतका सबै क्याम्पस र विद्यालयमा कम्तिमा एक जना खेल प्रशिक्षक नियुक्त गर्न माग गरेको हो ।

संघले नेपालमा खेल विकासको लामो इतिहास भएतापनि उपलब्धि आशा लाग्दो नरहेकोमा चिन्ता व्यक्ति गर्दै खेलाडी उत्पादन गर्ने मुख्य कारखानाको रूपमा लिइने विश्वविद्यालयहरूमा खेल र खेलाडीलाई हेर्ने दृष्टिकोण सुधारिनुपर्ने माग राखेको छ ।   त्यसका लागि उनीहरुले खेलकुद विश्वविद्यालय स्थापना गर्न माग गरेका छन् । 

मागपत्रमा भनिएको छ, ‘नेपालमा संचालनमा रहेका विश्वविद्यालय मध्ये एउटा पनि खेलकुद विश्वविद्यालय छैन । भएका विश्वविद्यालयहरूमा कुनै पनि खेललाई प्रशिक्षण दिने राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगिता गर्ने प्रचलन समेत शुन्य प्रायः छ । केही विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरूले क्यम्पसको विज्ञापनको लागि मात्र खेल क्षेत्रलाई प्रयोग गर्ने गरेको पाईन्छ । तर खेल विकासमा कुनै उपलब्धिमूलक काम गरेको पाईदैन तसर्थ नेपालमा खेलकुदको विकास गर्ने हो भने विद्यालय तथा विश्वविद्यालयबाटै यसको शुरुवात गर्न जरुरी छ ।’

संघले खेलक्षेत्रमा उठाइएको रकम खेलकुद क्षेत्रमा नै खर्च गर्ने व्यवस्था मिलाउन, विश्वविद्यालय मातहतका सवै क्याम्पस र विद्यालयहरुमा कम्तिमा एक खेलको प्रशिक्षक नियुक्ति गरेर विद्यार्थीलाई प्रशिक्षण दिने व्यवस्था गराउने र कम्तिमा एक पटक खेलकुद प्रतियोगिता आयोजना गर्ने व्यवस्था मिलाउन र खेलकुद विश्वविद्यालय स्थापनाको गर्न माग गरेको छ । उसले यि ३ मुद्दा आफ्नो प्रमुख एजेन्डा भएको समेत स्पष्ट गरेको छ । 

त्यसको कार्यान्वयनका लागिअन्तरक्रिया, छलफल, गोष्ठिको आयोजना गर्ने, दबावमूलक कार्य अन्तर्गत  युवा तथा खेलकुद मन्त्रालय र शिक्षा मन्त्रालयलाई ज्ञापनपत्र दिने, सबै विश्वविद्यालय र जिल्ला शिक्षा कार्यालयहरुमा ज्ञापनपत्र दिने, विश्व विद्यालय र विद्यालयबाट खेलकुदमा उठ्ने रकमको तथ्याङ्क संकलन गर्ने र उक्त रकमलाई खेल क्षेत्रमानै खर्च गर्न दबाव दिने बताएको छ । 

संघका महासचिव चन्द्र लामाले यि मागहरु  पुरा गराउन संघ आन्दोलनमा होमिन समेत तयार रहेको बताए । 



















0 comments

Write Down Your Responses