Powered by Blogger.
पुनमको अध्यक्षतामा नयाँ शक्तिको समृद्ध महिला

हेटौंडा, २६ भदौ । नयाँ शक्ति पार्टी नेपाल निकट महिला संगठनको अध्यक्षमा पुनम भट्टराई चयन भएकी छिन् । यस अघि अन्तरिम जिल्ला परिषद्को संयोजक रहेकी भट्टराईको अध्यक्षतामा जिल्ला भेलाले ५१ सदस्यीय समृद्ध महिला संगठन जिल्ला परिषद् मकवानपुर गठन गरेको हो ।
पुर्नगठित परिषदको उपाध्यक्षमा सम्पुर्णा पौडेल, सचिव कल्पना ठकुरी, सह सचिव शान्ति लो, कोषाध्यक्ष सानु लामा रहेका छन् । त्यसैगरि सदस्यहरुमा आशा दोड, नानु राना, शोभना बानीया, सरस्वती बल, कान्छि सुनार, मिना खत्री, संगिता श्रेष्ठ, देवकी पराजुली लगायत रहेका छन् । त्यसै गरि पाँच सदस्यिय सल्लाहकार समितिमा सुर्यकला तिमल्सिना, धन पाख्रिन, शोभा गौतम, पार्वती सिन्तान र निमटोल्मा आचार्य रहेका छन् ।

कार्यक्रममा प्रम्ख अतिथि नयाँ शक्ति नेपाल केन्द्रिय कार्यकारी सदस्य हेमकला गैरेले महिला सहभागिता बिनाको कुनै पनि क्षेत्रमा सफलता हासिल हुन नसक्ने ठोकुवा गर्नुभयो । गैरेले महिला उपल्लो दर्जामा पुग्दा पनि पुरुष प्रधान मानसिकता हाबी हुने खतरा रहेको भन्दै महिलाहरुलाई विभाजित भएर हैन संगठित भएर अधिकार प्राप्तिको निमित्त साथै सामाजिक कुुसंस्कार विरुद्ध निरन्तर लागीरहन अपिल गर्नुभयो ।

समृद्धीको एक आधार, ससक्त महिला संगठन बिस्तार भन्ने मुल नाराका साथ भएको कार्यक्रममा विशेष अतिथि नयाँ शक्ति पार्टी नेपालका ३ नम्बर प्रदेश सह संयोजक सोनामसिंह स्याङ्तानले आजको समयमा भनाई र गराई एक हुंन नसक्दा अन्याय र अत्याचारको खाडल बढ्दै जानुको साथसाथै महिलालाई अधिकार समेत दिन आनाकानी गरेको विचार राख्नुभयो । स्याडतानले सबै पार्टिले आफु काम नगर्ने तर अरुलाई सचेत मात्र गराउने प्रबृत्ति बढेको समयमा नयाँ शक्तिले अबको ७ बर्षमा देशलाई आर्थिक समृद्धी तर्फ लैजाने, १५बर्षमा मध्यम स्तरमा लैजाने र २५ बर्षमा नेपाल संसारकै समुन्नत् बनाउंने योजना बनाइसकेको बताउनुभयो । 
  अन्तरिम जिल्ला परिषद् संयोजक पुनम भट्टराइको सभाध्यक्षतामा भएको कार्यक्रममा  प्रल्हाद लामीछाने, ज्योति रायमाझि, विवेक वाईवा, निबन्ध लामा, शेरबहादुर पहरी डिबि थापा, मिहिन बहादुर लामा लगायतको आतिथ्यता रहेको थियो ।


0 comments

Write Down Your Responses