Powered by Blogger.
तासको खालबाट १ लाख ६४ हजार नगद सहित ९ जना पक्राउ

हेटौडा, २६ भाद्र ÷मकवानपुर प्रहरीले जुवातास खेल्ने ९ जना पक्राउ गरेको छ । हेटौडा २ बाट हारजित हुने गरी पैसाको बाजी थापी, राखी जुवातास खेलिरहेका उनीहरुलाई नगद एक लाख चौसठी हजार सात सय दश रुपैयाँ र ५२ प्रति तास सहित पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको उहाँले बताउनुभयो । 
यसैबिच मकवानपुर प्रहरीले लागु औषध खैरो हेरोईन सहित २ जना पक्राउ गरेको छ । हेटौँडा १७ स्थित सडक खण्डमा बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको बा.३८ प २७७२ नंम्बरको मोटरसाईकल चेकरजाँच गर्ने क्रममा बिरगंज१४ बस्ने बर्ष १६ का ईर्साद हुसेन पर्सा बैरीया बिर्ता २ बस्ने बर्ष १७ का अभिजित यादवको साथबाट लागु औषध खैरो हेरोईन १० ग्राम एकसय मिलिग्राम बरामद गरेको मकवानपुर प्रहरी प्रवक्ता बामदेव गौतमले बताउनुभयो । लागूऔषध समित पक्राउ परेका दुबै जनालाई लागूऔषध खैरो हेरोईन सहित पक्राउ गरी अनुसन्धान भैरहेको उहाँले बताउनुभयो । 

0 comments

Write Down Your Responses