Powered by Blogger.
प्रलेस प्रतिभा पुरस्कार साहित्यकार विनोद मञ्जनलाई


काठमाडौँ ।  प्रगतिशील लेखक संघले यस वर्षको प्रलेस प्रतिभा पुरस्कार साहित्यकार विनोद मञ्जनलाई प्रदान गर्र्ने भएको छ ।

प्रलेसको पुरस्कार चयन समितिको सिफारिसका आधारमा निबन्ध, समालोचना, सम्पादन विधान र प्राध्यापन पेसामा क्रियाशील मञ्जनलाई रु दस हजारको सो पुरस्कार प्रदान गरिने महासचिव आरएम डङ्गोलले जानकारी दिनुभयो । चयनमा समितिमा उपाध्यक्ष डा विन्दू शर्मा संयोजक, उपाध्यक्ष खेम थपलिया र सचिवालय सदस्य आरसी न्यौपाने सदस्य रहनुभएको थियो ।

प्रलेसका पूर्व अध्यक्ष आनन्ददेव भट्ले रु दुई लाख हस्तान्तरण गरी स्थापित सो कोषबाट पुरस्कार प्रदान हुँदै आएको छ । आगामी असोज ५ गते सो पुरस्कार प्रदान गरिनेछ । 

0 comments

Write Down Your Responses