Powered by Blogger.
नमुना कलेजका लागि सहयोग जुटाउन बज्रबाराहीवाशी जुटे


२५ भदौ, टिष्टुङ(बज्रबाराही) । आगामी पुस १५ देखि २२ गते सम्म बज्रबाराहीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । 

सप्ताह ज्ञान महायज्ञ सम्पन्न गर्नका लागि बज्रबाराहीमा मुल समारोह समिति गठन गरिएको छ । महेश्वर सुवेदीको अध्यक्षतामा ६१ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा राजेन्द्र बिडारी, अतिवरिष्ठ उपाध्यक्षमा सुमित्रा बिडारी, वरिष्ठ उपाध्यक्षहरुमा योगेन्द्रमान श्रेष्ठ, विष्णु गोपाली, चित्र बहादुर बलामी, र शम्भुभक्त श्रेष्ठ, महासचिवमा विष्णु गिरी, केदारबहादुर जोशी, उपमहासचिबहरुमा शशिधर सुवेदी, ईन्द्रबहादुर श्रेष्ठ, नरहरि गोपाली चयन हुनु भएको छ । 

त्यसैगरि कोषध्यक्षमा सानुकाजी गोपाली, उप कोषध्यहरुमा बालमुकुन्द सुवेदी, शंकर महर्जन, प्रमोदकृष्ण जोशी र रबिन्द्र बिडारी, वरिष्ठ सदस्यमा सुर्यबहादुर श्रेष्ठ, कल्पना बलामी, ईश्वरलाल रुम्बा, चमेली वाईवा र ललितसिंह ठकुरी तथा सदस्यमा मुक्तिनाथ उप्रेती लगायत ६१ सदस्यीय समिति गठन गरिएको हो ।

सदस्यहरु १ हजार भन्दा बढी बनाउने समितिले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका निबर्तमान अध्यक्ष महेश्वर सुवेदीको सभाध्यक्षता तथा १०८ राष्ट्र शान्ति धार्मिक महोत्सवका सचिब कोष खड्काको प्रमुख आतिथ्यतामा समिति गठन गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमित्रा बिडारीको आतिथ्यता रहेको थियो  ।

विद्यालयका शिक्षक बालमुकुन्द सुवेदीले सञ्चालन गर्नु भएको कार्यक्रममा विद्यालयका प्राचार्य विष्णु गिरीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । ‘खुट्टा तान्ने प्रवृति बाट कति पनि विचलीत नभई अघि बढ्ने र राष्ट्रकै नमुना सामुदायिक विद्यालय निर्माण गरेरै छाड्ने’ कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका तथा १०८ राष्ट्र शान्ति धार्मिक महोत्सवका सचिब कोष खड्काले बताउनु भएको छ । 

समुदायकै सक्रियता  र लगानी  योजनामा कार्यक्रम सफल परिने समेत खड्काले बताउनु भयो । बज्रबाराहीको शिक्षा, स्वास्थ्य, सञ्चार र सडक निर्माणमा आफ्नो सक्रियता वर्षैदेखि रहेको र हाल आएर बज्रबाराहीमा देशकै नमुना प्राविधिक कलेज निर्माण गर्ने चुनौती आफ्नो काधमा आईपरेकोेले त्यसलाई पुरा गरेरै छाड्ने कार्यक्रममा सभाध्यक्ष तथा मुल समारोह समितिका अध्यक्ष महेश्वर सुवेदीले प्रण गर्नु भएको छ । 

सप्ताह महायज्ञमा  १०८ राष्ट्र शान्ति धार्मिक महोत्सवका अभियन्ता गुरु गोविन्द शरण महाराजको मुखार विन्दबाट प्रवचन हुने मूल समारोह समितिले जानकारी गराएको छ । 

प्रति कलश ११ सय रुपौयामा शान्ति कलश यात्रा गर्न सकिने र महायज्ञ समापन भए पनि उक्त कलशलाई आफैले लैजान सकिने समितिले जनाएको छ । कार्यक्रममा स्थानिय राजनीतिक दल, शिक्षक, अविभावक, सरोकारवाल स्थानिय बुद्धिजीवि लगायतको उपस्थिती रहेको थियो ।




0 comments

Write Down Your Responses