Powered by Blogger.
रोट¥याक्ट क्लव अफ मकवानपुरद्धारा विपन्न विद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामग्री प्रदान


हेटौडा, २६ भाद्र / रोट¥याक्ट क्लव अफ मकवानपुरले हेटौँडा–४ कर्रामा रहेको आमसाई स्कूलका ६ जना विपन्न विद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामग्री सहयोग गरेको छ । रोट¥याक्ट क्लवका उपाध्यक्ष मनिषमान श्रेष्ठको जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको हो । क्लवका अध्यक्ष गणेशदर्पण अधिकारी, उपाध्यक्ष मनिषमान श्रेष्ठ, उनको आमाबाबु महेन्द्रमान श्रेष्ठ र सरिद्धी श्रेष्ठले संयुक्त रुपमा स्कूलका प्रमुख आचार्य ओमकारेश्वरानन्द (दादा सर) लाई सामग्री हस्तान्तरण गरेका हुन् ।
स्कूलका प्रमुख आचार्य ओमकारेश्वरानन्दले विद्यालयमा अध्ययनरत बालकहरुको अवस्थाको बिषयमा जानकारी गराउँदै यस्ता सहयोगले स्कूल सञ्चालनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । रोट¥याक्टका सदस्यहरु नेतृत्व विकाससंगै सामाजिक कार्यमा लागेको जानकारी दिँदै क्लव अध्यक्ष गणेशदर्पण अधिकारीले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने बताउनुभयो ।

0 comments

Write Down Your Responses