Powered by Blogger.
बंशगोपाल बहुमुखी क्याम्पस अध्यक्षमा चौलागाईं नियुक्त

हेटौठा,२७ भाद्र / मकवानपुर जिल्लाको तेस्रो बहुमुखी क्याम्पस बंशगोपाल बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्षमा उज्वल चौलागाईं नियुक्त भएका छन् । हेटौंडा–६ चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पको सञ्चालन समितिले सिफारिस गरे अनुसार त्रिभुवन विश्व विद्यालय डिनको कार्यालय काठमाडौंले अध्यक्ष पदमा नियुक्ति पत्र पठाएपछि चौलागाईंले नेतृत्व सम्हाल्ने भएका हुन् ।
भदौ ११ गते भएको क्याम्पस सञ्चालक समितिको साधारणसभाले तेस्रो कार्यकालको लागि चौलागाईंसहित रामहरि न्यौपाने र कृष्णप्रसाद संजेलको नाम सिफारिस गरेको क्याम्पस प्रमुख रमेशप्रसाद लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार त्रिवि डिनको कार्यालयले भदौ २७ गते सोमबार चौलागाईंलाई अध्यक्षमा नियुक्त गरिएको पत्र क्याम्पसलाई पठाएको छ ।
३ वर्षे कार्यकालको लागि चौलागाईं अध्यक्षमा नियुक्त भएसँगै क्याम्पसको शैक्षिक गुणस्तरका लागि आफ्नो कार्यकाल महत्वपूर्ण रहेको बताएका छन् । उनले आफ्नो कार्यकाल अवधिभर बंशगोपालको शिक्षा र गुणस्तरीय विद्यार्थी उत्पादनमा कुनै सम्झौता नगर्ने दाबी गरे । आफु तत्कालिन बंशगोपाल मावि पूर्वविद्यार्थी समेत रहेकाले विद्यालय र क्याम्पसको शैक्षिक तथा भौतिक विकाशलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
हाल मानविकी, शिक्षा शास्त्र र व्यवस्थापन संकाय अध्ययन हुने क्याम्पस संचालनक समितिमा १५ सदस्यीय कार्यसमिति हुने व्यस्था रहेको जनाइएको छ । नियुक्त, मनोनयन र निर्वाचन प्रक्रियामार्फत् कार्यसमितिले यस अगाडनै पुर्णता पाइसकेको छ ।

0 comments

Write Down Your Responses