Powered by Blogger.
कक्षा १२ को परीक्षाफल प्रकाशित, ४८ प्रतिशत पास

 भक्तपुर २७ भदौ  /  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । गत बैशाखमा सञ्चालित कक्षा १२ को ब्यवस्थापन, मानविकी र शिक्षा सङ्कायको परीक्षाफल आज प्रकाशित भएको हो । सोमबार सार्वजनिक भएको नतिजामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत पास भएका छन् । नियमित तर्फ ८४ हजार ५ सय ९३ जना र आंशिकतर्फ ४८ हजार ४ सय ६३ जनाउतीर्ण भएको राष्ट्रिय परीक्षा वोर्डले जनाएको छ । एक विषयसम्म फेल भएकाको मौका परीक्षा कात्तिक ६ गते छ । गत बैशाखमा सञ्चालित परीक्षामा नियमितमा ३८ र आंशिकमा ३६ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

0 comments

Write Down Your Responses