Powered by Blogger.
प्रेस चौतारी नेपाल मकवानपुरको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न

हेटौडा,३१ भाद्र  / प्रेस चौतारी नेपाल मकवानपुरको छैटौं जिल्ला अधिवेशन पश्चात नवगठित कार्यसमितिको पहिलो बैठकको हेटौडामा सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष दाहालको अध्यक्षतामा भएको बैठकमा निवर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई चौतारीलाई मजबुद बनाउन पु¥याएको योगदानको उल्लेख्यनिय कदर गर्दै धन्यवाद समेत प्रकट गरेको छ । 
सो वैठकमा एमाले अध्यक्ष मुनु सिग्देल, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य राजन दाहाल, ब्रोडकाष्ट एशोसियसन नेपालका केन्द्रिय कोषाध्यक्ष उज्वल चौलागाई, प्रेस चौतारीका पूर्व केन्द्रिय उपाध्यक्ष देबराज रिमाल, पूर्व जिल्ला उपाध्यक्ष हरि हुमागाई र निवर्तमान अध्यक्ष शिवकुमार काशीले नव निर्वा्चित कार्यसमितिलाई शुभकामना दिँदै आगामी तीन बर्षे कार्यकालमा चौतारीलाई बलियो संगठनको रुपमा विकास गर्दै अघि बढ्न सुझाव दिनु भयो । 
चौतारीको पहिलो बैठकले चौतारीमा क्रियाशील सानोबाबु मोक्तान, रेश्मी कार्की र नानीमाया सापकोटालाई कार्यसमितिमा मनोनित गरेको छ । बैठकले चौतारीको गतिविधीलाई तिब्रता दिनको लागि अध्यक्ष दाहालको संयोजकत्वमा ७ सदस्यीय सचिवालय समेत गठन गरेको छ । 
यसै विच प्रेस चौतारी नेपाल जिल्ला शाखा मकवानपुरले सञ्चार क्षेत्रमा क्रियाशील दुई जनालाई सदस्यता वितरण गरेको छ । अबसरमा जिल्लाको पहिलो टेलिभिजन टिम टेलिभिजनमा कार्यरत पत्रकारद्धय मनिल महतो र सुशान्त महतलाई प्रेस चौतारी नेपालको सदस्यता वितरण गरेको छ । उनिहरुलाई नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल र नव निर्वाचित अध्यक्ष प्रकाश दाहालले सदस्यता पत्र प्रदान गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses