Powered by Blogger.
रामेछाप काठमाडौं पत्रकार समाजमा रायमाझी


काठमाडौं, १ असोज । राजधानी काठमाडौंमा पत्रकारिता गरिरहेका रामेछापका पत्रकारहरुले रामेछाप काठमाडौं पत्रकार समाज गठन गरेका छन् ।  शनिबार काठमाडौंमा  भएको एक भेलाले नेपाल समाचारपत्रका मधुसुदन रायमाझीको संयोजकत्वमा ९ सदस्यीय समाज गठन गरेको हो ।

पत्रकार समाजको सहसंयोजकमा नयाँ पत्रिका अनलाइनका प्रेम गौतम र बिजमाण्डुका उमेश पौडेल छन् भने सचिवमा एभिन्युज टेलिभिजनका उद्धब कार्की चयन भएका छन् । त्यस्तै अन्नपूर्णपोष्टका दिपेन्द्र गुरुङ सहसचिव र नेपालपाटीकी यसिमा महत कोषध्याक्ष चयन भएका छन् ।

सदस्यहरुमा रेडियो नेपालकी कमला रसाईली, रातोपाटीका राजेश भण्डारी र क्यापिटल एफएमकी पार्वती खड्का चुनिएका छन् ।भेलामा बरिष्ठ पत्रकार कपिल काफ्ले, पत्रकारहरु मात्रिका पौडेल, दिनेश बस्नेत, माधव पौडेल, ज्ञानप्रसाद पौडेल, पुरुषोत्तम घिमिरे लगायतले रामेछापेली पत्रकारहरुको एकताका लागि शुभकामना दिएका थिए ।

रामेछाप काठमाडौं पत्रकार समाजले काठमाडौं कार्यथलो बनाएका रामेछापका पत्रकारको पक्षमा काम गर्नुको साथै रामेछापको विकास र साझा एजेण्डामा सबै पक्षसँग सहकार्य गरेर बहस चलाउने अध्यक्ष रायमाझीले बताए ।

0 comments

Write Down Your Responses