Powered by Blogger.
चार लायन्स क्लवको रक्तदानमा ५४ जनाले रक्तदान गरे


 हेटौडा,१ असोज / हेटौडामा रहेका चार वटा लायन्स क्लवले संयूक्तरुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । हेटौडा बजार लायन्स क्लव, लायन्स क्लव अफ हेटौडा बजार ग्रिन सिटी, लायन्स क्लव अफ हेटौंडा ग्रेटर सिटी र लायन्स क्लव अफ हेटौडा इन्टेलेक्च्यूअलको संयूक्त आयोजनामा रक्क्तदान कार्यक्रम सम्पन्न भएको हो । राजदेव वानियाको संयोजकत्वमा हेटौडाको बुद्धचोकमा भएको कार्यक्रममा ५४ जनाले रक्क्तदान गरेका थिए । लायन अनुप अग्रवालको सभाध्यक्षतामा भएको कार्यक्रममा सिनियर डिष्ट्रिक्ट एडभाइजर लायन राम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सिरहामा रगतको अभाव भएपछि रक्त्तदान गरिएको र संकलित रगत सिरहा पठाइने रक्क्त सञ्चार केन्द्र हेटौडाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो ।

तस्विर: अनुप अग्रवाल

0 comments

Write Down Your Responses