मकवानपुरको हर्नामाडीमा अन्तराष्ट्रिय चित्रकला कार्यशाला सुरु
हेटौडा,१ असोज ÷ हर्नामाडी कला प्रतिष्ठानको आयोजनामा आज शनिबार देखि गुम्बाडाँडामा अन्तराष्ट्रिय चित्रकला कार्यशाला सुरु भएको हो । मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी डाक्टर मानबहादुर वि.के को प्रमुख आतिथ्यता तथा हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलको सभाध्यक्षतामा आज एक कार्यक्रमको आयोजना गरि शुरु गरिएको हो ।
कार्यशालाको एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी मान बहादुर विश्वकर्माले पानसमा दिप प्रज्वलन गरि तथा महिला चित्रकार बंगलादेशका फहमिदा इनाम काकोली र नेपालका चन्दा श्रेष्ठले व्यानरमा चित्र कोरि उद्घाटन गर्नु भएको थियो ।
हर्नामाडी हुँदै समग्र जिल्लालाई नै कलाको जिल्लाको रुपमा चिनाउने उद्देश्य अनुसार चित्रकला कार्यशाला आयोजना गरिएको हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले बताउनुभयो ।
आगामि असोज पाँच गतेसम्म सञ्चालन हुने कार्यशालामा चित्रकला कार्यशालामा चित्रकारहरु चीनबाट डा. जियाङ याङ निग्मा, भारतबाट सुरेश के नायर, बंगलादेशबाट फहमिदा इनाम काकोली, बेलायतबाट मार्टिन बेञ्जामिन ट्राभर्स सहभागी भएका छन् ।
नेपालका शशी विक्रम शाह, बीरेन्द्रप्रताप सिंह, वत्स गोपाल बैद्य, कृष्ण मानन्धर, अशोकमान सिंह, शरद रञ्जीत, जीवन राजोपाध्याय, बुद्धि गुरुङ, गोविन्द सिंह डंगोल, उमाशंकर शाह, नविन्द्रराज भण्डारी, केके कर्माचार्य, श्यामलाल श्रेष्ठ, शंकरराज सिंह सुवाल, गौतम मानन्धर, उत्तम खरेल, मदन चित्रकार, चन्दा श्रेष्ठ, सुनिता राणा, सरोज बज्राचार्य, मुकेश श्रेष्ठ, लक्ष्मण भुजेल, सुरेन्द्र प्रधान, सीतादेवी कर्ण, राधेश्याम मुल्मीले हर्नामाडीमा चित्र बनाईरहेका छन् ।
चित्रकारहरुलाई हेटौँडा बजारबाट झाँकीसहित स्वागत गरेर हर्नामाडी पु¥याइएको थियो । सहभागि चित्रकारहरुले जंगलको बीचमा रहेको खुल्ला डाँडामा बसेर बिभिन्न चित्रहरु बनाउनेछन् ।
चित्रकला कार्यशाला भइरहेकै बेला चित्रकारको मनोभावलाई बुझेर साहित्यकारहरुले साहित्य रचना गर्ने पनि कार्यक्रम रहेको बताउदै चित्रकला कार्यशालाको वृत्तचित्र (डकुमेन्ट्री) निर्माण समेत गरिने उहाँले जानकारी दिनुभयो । प्याराग्लाईडिङ उडान गर्ने भनिएता पनि संस्कृति, पर्यटन तथा नागरिक उडायन मन्त्रालय अन्र्तगत नागरिक उडायन प्राधिकरणले स्वीकृत नदिए पछि आज प्याराग्लाईडिङ उडान रोकिएको छ । प्राधिकरणले छिटै नै स्वीकृत दिने बताएको बताउदै सके सम्म ५ गते भित्रसम्म उडाई सक्ने रम्तेलले बताउनु भयो ।
0 comments
Write Down Your Responses