Powered by Blogger.
कुश्माण्ड सरोबर त्रिबेणीधामको अध्यक्षमा पुनःन्यौपाने

हेटौडा,१ असोज / कुश्माण्ड सरोबर त्रिबेणीधाममा पुनः ईश्वरीप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको सातौँ  साधारणसभाले न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति चयन गरेको हो । समितिका उपाध्यक्ष ३ जनामा तिलकप्रसाद दुलाल, कुमार पौडेल र मेनका दुलाललाई चयन गरिएको छ भने सचिबमा ताराप्रसाद लामिछाने कोषाध्यक्षमा मणिप्रसाद सुवेदी लगायतका चयन हुनु भएको छ । समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेको अध्यक्षता तथा मकवानपुरका साँसद इन्द्रबहादुर बानियाँ तथा अनन्त पौडेलको प्रमुख आतिथ्यमा भएको भेलामा अध्यक्ष न्यौपानेले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मणिप्रसाद सुवेदीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सभालाई संबोधन गर्दे सांसद इन्द्रबहादुर बानियाँले धामले निर्माण गरेको गुरुयोजना अनुसार सहयोग गर्न आपूm सधैँ तयार रहेको बताउनुभयो । उहाँले मन्त्रालयबाट सहयोग उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । अर्का सांसद अनन्त पौडेलले विकास निरन्तर प्रक्रिया भएको उल्लेख गर्र्दै त्रिबेणी धाममको विकासका लागि सांसद विकास कोषबाट सहयोग उपलब्ध गराउने बचन दिनुभयो । समितिले आगामि वर्ष सत्तल निर्माण गर्ने, गौमुखी धाराका लागि पानीका पाइपको व्यवस्था गर्ने , गणेश मन्दिर निर्माण गर्ने तथा सरोबर निर्माण गर्नेलगायतका कार्यक्रम अघि सारेको छ । सतल निर्माणका लागि पर्यटन मन्त्रालयबाट ९ लाख पचास हजार रुपैयाँ प्राप्त भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

0 comments

Write Down Your Responses