Powered by Blogger.
१० दिने कन्या गुरुकुल सहयोगार्थ शक्ति साधाना महाअनुष्ठान कमानेमा हुँदै

हेटौडा,११ असोज /    विजया दशमीको अवसरमा कन्या गुरुकुल सहयोगार्थ शक्ति साधाना महाअनुष्ठान हुने भएको छ । लोक कल्याण सेवा प्रतिष्ठान द्धारा संचालित राम जानकी वालिका कन्या गुरुकुल आश्रम र मनकामना क्षेत्र विकास समिति हेटौडा ८ कमानेको संयुक्त आयोजनामा श्रीमद् भागवत न्वाह शक्ति साधना महाअनुष्ठान हुने भएको छ ।

मनकामना क्षेत्र विकास समितीको सोमवार वसेको बैठकले अनुष्ठान सफल पार्न अर्जुन ढंगानाको संयोजकत्वमा ५ सय ५ जनाको मुल समारोह समिती गठन गरेको छ । भेलाले समितिको सह—संयोजक रत्नमणी वाग्ले ,दुर्गा अधिकारी र राम प्रसाद ढकाललाई चयन गरेको छ  भने सचिवमा रामेश्वर खनाल रहनु भएको छ ।
 त्यस्तै समितिको सचिवमा रेवती रमण न्यौपाने संयोजक रहने गरी महेन्द्र वहादुर थापा र विष्णु थापा चयन हुनु भएको छ । अनुष्ठान प्रचार प्रसारको लागी जिवराज बख्रेलको संयोजकत्वमा गंगा पौडेल राजु अधिकारी रहने गरी प्रचार प्रसार समिती गठन गरीएको छ । 
त्यस्तै भेलाले अप्सरा सापकोटाको संयोजकत्वमा कलश यात्रा समिती , कमल पौडेलको संयोजकत्वमा पुजा पाठ तथा मण्डप ब्यवस्थापन समिती ,शम्भु दुलालको संयोजकत्वमा भोजन प्रसादी वसोवास समिती , यसोदा उप्रेतीको संयोजकत्वमा मुल्याङकन तथा अनुगमन समिती र राम व दुलालको संयोजकत्वमा ब्यवस्थापन समिती गठन गरेको छ ।
 यहि असोज १५ गते देखी २४ गते सम्म ९ दिन  चल्ने अनुष्ठानमा  बाल वाचिका उमा महेश्वरी स्मृति टण्डनले कथा बाचन गर्नु हुनेछ । 

0 comments

Write Down Your Responses