Powered by Blogger.
क्यान महासंघ मकवानपुरको साइबर क्राइम न्युनिकरण सम्बन्धी १ दिवाशीय तालिम सम्पन्न

हेटौडा,११असोज ÷ साइवर क्राइम न्युनिकरण बारे फेडेरशन अफ कम्प्युटर एशोसियसन नेपाल (क्यान), मकवानपुरले आज मंगलवार हेटौडामा तालिम दिइएको छ ।
मध्यमञ्चल क्षेत्रिय प्रसासक विनोद केसिकोे प्रमुख आथित्यतमा सम्पन्न तालिममा अत्याधिक सूचना प्रविधीको उपयोगसंगै दुरूपयोग बढ्दै गएको र यसलाई नियन्त्रण गर्न आवस्यक रहेको औल्याइएको थियो । 

सूचना प्रविधिको मेला क्यान इन्फोटेक २०१६ को अवसर पारि मेलाको आज दोस्रो दिनमा मानव अधिकारकर्मी, प्रत्रकार, प्रहरी, व्यवसायी,विद्यार्थी र सरोकारवालाहरुलाई लक्षित गरि आयोजना गरिएको तालिमका सभाध्यक्ष तथा क्यान महासंघ मकवानपुरको अध्यक्ष सन्तोस पाण्डेको बताउनु भयो ।

उक्त तालिममा  सूचना प्रविधीका क्षेत्रमा भइरहेका बिभिन्न अपराध नियन्त्रण, प्रविधीको उपयोग तथा दुरूपयोग, साइवर अपराध सम्बन्धी ऐन कानुन आदिबारे क्यान महासंघका केन्द्रिय सदस्य रेग बहादुर भण्डारीले सबैलाई जानकारी गराउनु भएको थियो ।  
तालिममा  नागरिक समाज, विद्यार्थी,मानबअधिकारकर्मी, रेडक्रसका पदाधिकारी , लियो क्लबका सदस्य, लगायत स्थानीय संघसस्थाका प्रमुख लगायत पत्रकारहरूको पनि बाक्लो उपस्थिती रहेको थियो । 


0 comments

Write Down Your Responses