Powered by Blogger.
१६ वटा ट्याक्टर र ४९ वटा इ–रिक्सा प्रहरीको नियन्त्रणमा

google.com
हेटौडा,११ असोज  /  सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त नगरी सार्वजनिक सवारी साधन चलाइरहेको अवस्थामा प्रहरीले १६ वटा ट्याक्टर र ४९ वटा इ–रिक्सालाई नियन्त्रणमा लिएको छ । 
आज जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गरिएको संयुक्त सवारी चेकिङको क्रममा चालक अनुमति पत्र प्राप्त नगरी सार्वजनिक सवारी साधन चलाएका चालकहरु फेला परेका हुन् ।
 त्यस्ता चालकलाई सवारीसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीको प्रक्रियाको लागि नारायणी यातायात व्यवस्था कार्यालय, सेवा केन्द्र हेटौंडामा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses