Powered by Blogger.
पत्रकार मनोज ढोडारी सम्मानित

हेटौडा,८ असोज ÷ मकवानपुर जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार मनोज ढोडारीलाई सम्मान गरिएको छ । मकवानपुरको हेटौडा ११ नवलपुरमा सञ्चालित वागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले आज शनिबार ८ औं वार्षिक साधारणसभाको अवसरमा उहाँलाई सम्मान गरेको हो 
पत्रकारिताको माध्यमबाट सहकारीको विकास र प्रवद्र्धनमा समाचार सम्प्रेषण गरी सहयोग पु¥याएको भन्दै ढोडारीलाई सम्मान—पत्रले सम्मान गरेको हो । 
रेडियो आकाशगंगा ८८.५ मेगाहर्जका स्टेसन म्यानेजर समेत रहेका ढोडारीलाई सम्मान पत्र  र दोसल्लाले जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडी अध्यक्ष राधा सिन्तान र वागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष श्रेष्ठले सम्मान गर्नुभएको हो । 
विगत लामो समय देखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पत्रकार ढोडारी नेपाल प्रेस सोसाइटी मकवानपुरका संयोजक पनि हुन । 

0 comments

Write Down Your Responses