Powered by Blogger.
हेटौंडा ७ मा जारीे फुटबल प्रतियोगितामा भिआईपी र धाप बिजयी

पुष्पराज अधिकारी
हेटौडा,८ असोज ÷ हेटौंडा ७ नाग्सोतीमा जारीे टोल स्तरीय फुटबल प्रतियोगिताको शनीबारको खेलमा भिआईपी टोल फुटबल टिम र धाप टोल फुटबल टिम बिजयी भएका छन् । नबज्योती माबिको खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत शनीबार दुईवटा खेल भएका थिए । शनीबारको पहिलो खेलमा स्मृतिलाई १–० गोलले पराजित गर्दै भीआईपीले जीत हाँसिल गरेको हो । जितका लागि अजय केसीके गोल निर्णयक बनेको हो । यस्तै दोश्रो खेलमा धापटोलले अग्राठे २–०को गोल अन्तरले पराजित गरेको छ । धापका सन्दीप पौडेल र राजु लामाले एक÷एक गोल गरेका थिए । गत बर्षको बिजेता न्युरेनी चिसापानी फुटबल टिमको आयोजनामा भएको प्रतियोगिता असोज १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा ७ नम्बर वडा भित्रका ९ वटा टोलले सहभागिता जनाएको छ । प्रतियोगिता अन्तर्गत बुधबार आदर्श टोल फुटबल टिम र अँधेरी टोल फुटबल टिमका बीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा बिजयी हुने टिमले ४५–५० केजीको खसी र दोश्रोले ४० केजीको खसी सहित शिल्ड र मेडलहरु प्राप्त गर्नेछन् ।

0 comments

Write Down Your Responses