Powered by Blogger.
सहकारी ऐन सहकारी मैत्री बनाउन प्रतिबद्ध छु : सहकारी मन्त्री थानी

तस्विर गुगल
हेटौडा,८ असोज ÷  सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले सहकारी ऐन सहकारी मैत्री हुनुपर्नेमा जोड दिनु भएको छ । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाले शनिबार सहकारीमा आयोजना गरेको मन्त्री थानीको स्वागत तथा छलफल कार्यक्रममा उहाँले संसदमा पेस भएको सहकारी ऐनलाई सहकारी मैत्री बनाउनु आफू प्रतिबद्ध रहेको बताउनुभयो ।  
उहाँले सहकारी क्षेत्रमा रहेका विकृति र विसंगतीहरुको अन्त्य गर्न सबै सहकारी संस्था र सहकारीकर्मीको सहकार्य आवश्यक रहेको बताउनुभयो । सहकारीले सामान्य आर्थिक अवस्था भएकाहरुको जीवनलाई सहज बनाएको छ भन्दै उहाँले भन्नुभयो सहकारीको भूमिका बढाउनु आवश्यक छ । 
कार्यक्रममा दिव्यतारा सहकारीका उपाध्यक्ष डाक्टर गणेश लामा, जिल्ला सहकारी संघका सचिव राजु गौतम, डिभिजन सहकारी कार्यालयको प्रमुख तिलकराम पोखरेललगायतले सहकारीलाई लाग्दै आएको करमा कटौती र सहकारीको व्यवस्थापनका बारेमा बोल्नु भएको थियो । कार्यक्रममा सहकारीका पदाधिकारी तथा शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।  

0 comments

Write Down Your Responses