Powered by Blogger.
राजधानीमा मकवानपुरेको भव्य चियापान


काठमाडौं, ८ असोज । नेकपा(एमाले) मकवानपुर काठमाडौं सम्पर्क मञ्चले राजधानीमा नजिकै आइरहेको विभिन्न चाडपर्वहरुको अवशरमा चियापान कार्यक्रम आयोजना गरेको छ ।

शनिबार मञ्चको आयोजनामा मकवानपुर घर भई राजधानीमा बसोबास गरिरहेका मकवानपुरेहरुबीच भव्य चियापान आयोजना गरेको हो । राजधानीको विश्वभाषा क्याम्पसमा आयोजित सो कार्यक्रममा एमाले सदस्यहरुका लागि प्रशिक्षण समेत दिइएको थियो ।

कार्यक्रममा एमाले पोलिट्व्युरो सदस्य तथा संसदीय दलका सचेतक भानुभक्त ढकाललेप्रमुख अतिथिको हैसीयतले मन्तव्य राख्दै एमाले अब वृहत योजनाका साथ जनताका बीचमा पुग्ने बताए । त्यस्तै मकवानपुर–२ का सांसद सुभाषचन्द्र ठकुरीले एमालेको नेतृत्वमा मकवानपुरमा विकासको लहर ल्याइएको बताए ।

कार्यक्रममा नारायणी अञ्चल सम्पर्क कमिटीका अध्यक्ष अशोक ठकुरी, सचिव बेदनाथ कोइराला, सदस्य तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शन्तराम बिडारी, अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला, नवराज वस्ती,  नारायणी अञ्चल सम्पर्कका सदस्य भद्रबहादुर गोले, राजेन्द्र कठायत, देवराज केसी, शिव रिजाल, मकवानपुर जिल्ला कमिटी सदस्य ध्रुव चौलागाँई, गौतम बुद्ध लामा लगायतको सहभागिता थियो । यसैगरी कार्यक्रममा नारायणी अञ्चल सम्पर्क कमिटीका पूर्व अध्यक्ष नवराज तिमल्सीना,  वरिष्ठ कानुन व्यवसायी बाबुराम दाहाल, रौतहट सम्पर्क मञ्चका अध्यक्ष मिन गौतम, बाराका शुभलक्षण राय लगायतको समेत सहभागिता थियो ।

मञ्चका अध्यक्ष जगत थिङको सभाध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सम्बल चौलागाँइले गरेका थिए ।

यसैबीच शनिबार नै चितवन र बारा काठमाडौं सम्पर्क मञ्चले पनि सोही प्रकृतिका कार्यक्रमहरु गरेको खबर छ ।





0 comments

Write Down Your Responses