Powered by Blogger.
अनाथ,अपाङ्ग तथा बाल पुनस्र्थापना केन्द्र मकवानपुरलाई शैक्षिक सामग्री सहयोग

हेटौडा,९ असोज ÷ सकारात्मक परिवर्तनका लागि युवा मकवानपुरले अनाथ, अपाङ्ग तथा बाल पुनस्र्थापना केन्द्र मकवानपुरलाई लागु औषध सर्तकता र प्रोत्साहन दिने कार्यक्रमका साथै शैक्षिक सामग्री बितरण गरेको छ ।
बसामाडी जेसिजका संस्थापक अध्यक्ष ज्ञानकुमार प्रजापतीको प्रमुख आतिथ्यतामा भएका कार्यक्रममा लागुपदार्थ सम्बन्धी जानकारी दिएको सकारात्मक परिवर्तनका लागि युवा मकवानपुरका अध्यक्ष नेल्शन घलानले जानकारी दिनु भयो ।
२६ जना अनाथ बालबालिकाहरु रहेको केन्द्रलाई सोहि कार्यक्रममा क्यारेम बोर्ड १ थान, चेस बोर्ड २ थान, ब्याडमिन्टन २ थान, रहस्यमय खेल सामग्री ४ थान, कलम १८ प्याकेट, फुटवल १ थान, कपी ३३ दर्जन, लुडो २ थान, रङ ६ प्याकेट बितरण गरेको घलानले जानकारी दिनु भयो ।
 कार्यक्रममा मकवानपुर रिकभरी केन्द्रका सञ्चालक सन्दिप शाख्य, रोशनी पुस्तकालयका संगित श्रेष्ठ, समाजसेवी सुजन मल्ल, अपाङ्घ तथा पुनस्र्थापना केन्द्रका रामहरी कोइरालाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

0 comments

Write Down Your Responses