Powered by Blogger.
वृद्धा आश्रमलाई सहयोग


मकवानपुर । मकवानपुरको हेटौडा चौकीटोलमा रहेको ऊँ वृद्धा आश्रममा आश्रित असहाय बृद्धबृद्धाहरुलाई खाद्यान्न तथा फलफुल सहयोग गरिएको छ । हेटौडा वजार लियो क्लवको संयोजकत्वमा चामल, दाल,आलु, तेल र फलफुल सहयोग गरेका हुन् । 

जिल्लाका सम्पूर्ण लियो क्लवहरु तथा गोल्डेन स्टार इन्टरटेन्मेन्ट गु्रपको संयुक्त आयोजनामा ‘ शिक्षाका लागि संगित ’ भन्ने नाराका साथ हुन गइरहेको मेगा  म्यूजिक सन्सटको  प्रचारप्रसार अभियान अन्र्तगत शुक्रबार वृद्धा आश्रमलाई सहयोग गरेको कार्यक्रमको सभाध्यक्ष तथा हेटौडा वजार लियो क्लवका अध्यक्ष प्रिंयका रानाले बताउनु भयो ।

 ऊँ वृद्धा आश्रमका सञ्चालक समितिका अध्यक्ष बुद्धप्रसाद पौडेलले धेरै सामाग्री अभाव रहेको बताउदै यस सहयोगले वृद्धा आश्रमलाई ठुलो राहात मिल्ने बताउदै आगामी दिनमा यस्तै सहयोगको अपेक्ष समेत गर्नु भयो । 
कार्यक्रम संयोजक किशोरकुमार टण्डनले यस संस्था र अब गर्न लागिरहेको कार्यक्रम पनि सामाजिक कार्यको निम्ति भएको बताउदै भोलिका दिनमा लियो क्लव तथा  आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

सिनियर डिस्ट्रक एडभाईजर राम क्षेष्ठको प्रमुख आतिथ्यता रहेको खाद्यान्न हस्तान्तरण कार्यक्रममा  कार्यक्रम संयोजक टण्डन, लायन अनुपकुमार अग्रवाल, लायन मजोज ढुङगाना,लियो क्लव अफ हेटौडाका जनसम्पर्क अधिकृत तथा प्रत्रकार रुपक कालिराज, लियो तारानाथ ढकाल लगायतको आथित्यता रहेको थियो ।



0 comments

Write Down Your Responses