Powered by Blogger.
हेटौडा बजार अनुगमनमा म्याद सकिएको खाद्य पदार्थ भेटियो

हेटौंडा ,९ असोज ÷ जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता मञ्चको संयुक्त टोलीले आज हेटौंडा बजारका होटलहरुको भान्सा अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद सकिएका खाद्य पदार्थ, फोहोर लगायतका कमी कमजोरी भेटिएको थियो । अनुगमन टोलीले म्याद गुज्रिएका खाद्य पदार्थलाई आफैसंग लगेका थिए भने भान्सा घरलाई एक पटकका लागि सफा गर्न सचेत गराएको छ । हेटौंडा बजारमा रहेका होटल एभोकाडो, सीमा, अनमोल, सामना लगायतका होटलहरुमा अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सहदेव आचार्य, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रणका खाद्य प्राविधिक विक्रम लिम्बु, जगतप्रसाद चौधरी, दिनेश ढुङ्गाना, राष्ट्रिय उपभोक्ता मञ्चका महेश अग्रवाल, उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडा र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।


हेटौडा बजारमा रहेका होटलहरुले जनताले सफा र स्वस्थ्यकर खाद्य सामग्री उपभोग गर्न सकुँन् भन्ने अभिप्रायले अनुगमन गरिएको प्रशासन कार्यालयका नायब सुब्बा आचार्यले बताउनु भएकोछ । मउवासंघका उपाध्यक्ष अग्रवालले होटलहरुको भान्सा सफा र स्वस्थ्यकर रहनुपर्ने र यसका लागि संघको समेत दायित्व रहेकोले अनुगमनमा संघको तर्फबाट आफ्नो सहभागिता रहेको बताउनु भएकोछ । 

0 comments

Write Down Your Responses