Powered by Blogger.
थाहा आइडल बने राना र गोपाली


पालुङ, ९ असोज । एलिना राना र देवन्त गोपाली थाहा आइडल बन्न सफल भएका छन् । थाहा नगर उद्योग वाणिज्य संघको आयोजनामा भएको दोस्रो थाहा महोत्सवमा  राना र गोपाी थाहा  आइडल बन्न सफल भएका हुन् ।
थाहा आइडल अन्तर्गत गायन तर्फ गोपाली र नृत्यतर्फ राना आइडल भएका हुन् । थाहा आइडल अन्र्तगत गायनतर्फ बिनिता गोपाली द्धितिय , सुशाल थोकर तृतीय र आयुष गोपाली सान्त्वना हुन सफल भएका छन् ।

प्रथम हुन सफल गोपालीलाई एउटा नेपाली चलचित्रमा गीत गाउने अवसर समेत प्रदान गरिने र नृत्य तर्फ आइडल हुन सफल भएकी एलिना रानालाई नव क्षितिज कला केन्द्रको तर्फबाट म्युजिक भिडियोमा खेल्ने अवसर दिने नवक्षितिज कलाकेन्द्रका निर्देशक विजय अमात्यले बताउनु भयो ।

थाहा आइडल अन्तर्गत नृत्यतर्फ  सुरज मोक्तान द्धितिय, संस्कृति लामा तृतीय र रोशनी तामाङ सान्त्वना भएका छन् । आइडल घोषित भएसंगै गोपाली र रानाले नगद तीस–तीस हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । द्धितिय, तृतिय र सान्त्वन्ना हुनेहरुले क्रमशः बीस हजार, दश हजार र पाँच हजार रुपियाँ नगद शिल्ड तथा मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।

थाहा आइडल टिकट भोटिङ र निर्णायकको मूल्यांकनको आधारमा छनौंट गरिएको हो । थाहा आइडलको निर्णायकमा नृत्य तर्फ वरिष्ठ नृत्य निर्देशक गोविन्द राई, नव क्षितिज कला केन्द्र थाहानगरका निर्देशक विजय श्याम आमात्य रहेका थिए भने गायन तर्फको भने गायक जीवन परियार र गायक तथा संगीतकार टंक बुढाथोकी रहेका थिए । 

मध्यमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीको प्रमुख आथित्यता तथा थाहानगर उद्योग वाणिज्य संघका सभापति कविराज खत्रीको सभाध्यक्ष्तामा कार्यक्रम  सम्पन्न भएको हो । 





0 comments

Write Down Your Responses