Powered by Blogger.
पर्यावरण संरक्षणको विषयमा छलफल

हेटौँडा,११ असोज / पर्यावरण संरक्षको लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका रातमाटेमा छलफल भएको छ । ‘पर्यावरण संरक्षणको लागि हाम्रो अभियान’ विषयक कार्यक्रममा बोल्दै स्थानीय महिला तथा सामुदायिक वनका सदस्यहरुले सामुदायिक वनको माध्यमले पर्यावरण संरक्षणमा निकै सहयोग पुगेको बताए । सामुदायिक वनले महिलाहरुको नेतृत्व तथा ब्यक्तित्व विकासमा सहयोग पुगेको बताउँदै उनीहरुले महिलाहरु पर्यावरण संरक्षणमा गम्भिर भएको बताए । वन श्रमिक संघको आयोजनामा भएको कार्यक्रममा बोल्दै फियोनका केन्द्रीय अध्यक्ष योगेन्द्र विजय दाहालले पर्यावरण समस्या अहिले विश्वमा देखिएको एक प्रमुख समस्या रहेको बताउँदै पर्यावरण संरक्षणको लागि सबै नागरिक एक भएर लाग्नु पर्ने बताए । कार्यक्रममा वन श्रमिक संघकी सल्लाहकार चित्रकुमारी गुरुङ, रामशरण सापकोटा लगाएतको उपस्थिती रहेको थियो ।

0 comments

Write Down Your Responses