Powered by Blogger.
बाल दिवसको अवसरमा विविध कार्यक्रम



रुपक कालिराज

हेटौडा,२९ भाद्र । लियो क्लव अफ हेटौडा भुटान देविले सिद्धार्थ उच्च माविमा वृक्षारोपन तथा प्रकृति र मानिस बीचको प्रेम सम्बन्धि सामूहिक अनुशिक्षण कार्यक्रम गरिएको छ  । 

राष्ट्रिय बाल दिवसको अवसरमा बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सिद्धार्थ उच्च मावि परिसरमा विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।

तेजपत्ता,चाँप ,मसला र अमला जातका ६५ विरुवाहरु रोपिएको थियो । लियो क्लव अफ हेटौडा भुटनदेविका कार्यक्रम संयोजक सुविन डंगोलले कार्यक्रमको वारेमा प्रष्ट पार्नु भएको थियो भने क्लवका सदस्य सुस्मिता बाहोराले स्वागत मन्तव्य दिनु भएको थियो । 
सोही समारोहमा विद्यालयको जग्गामा बृक्षारोपण गरी सहयोग गरेको भन्दै सिद्धार्र्थ उच्च माविका प्राचार्य मोहन प्रसाद शर्माले पछिल्लो समय कुनै पनि संस्थाले नहेरी रहेको अवस्थामा यस लियो क्वलले विद्यालय प्रति देखाएको सामजिक कार्या प्रति धन्यावादको साथै भोलिका दिनमा समेत सहयोग गर्न आग्रह गर्नु साथै विद्यालय विभिन्न समस्या रहेको बताउँदै आगामी दिनमा सहकार्य गर्दै जाने बताउनु भयो । 

सिनियर डिस्ट्रक एडभाईजर राम क्षेष्ठको प्रमुख आथित्यता तथा लियो क्लव अफ हेटौडा भुटनदेविका अध्यक्ष अर्जुन लामिछानेको अध्यक्षतामा भएको हो । प्रमुख आथिति समेत रहेका क्षेष्ठले लियो क्लव सामाजिक क्षेत्रमा काम गर्ने संस्था भएको बताउँदै विगत देखि नै यस क्लव सामाजिक क्षेत्रमा अग्रसर रहेको बताउनु भयो । 

उहाँले राष्ट्रिय वाल दिवसको अवसरमा वालवालिकालाई प्रकृति र मानिस बीचको प्रेम सम्बन्धी जानकारी र वृक्षारोपन कार्यक्रम सहानिय काम भएको बताउनु भयो । उहाँले आफुले र आफ्ना संस्थाले आगामी दिनमा सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।
सो कार्यक्रममा जिल्ला वन कार्यालयम इलाका रातोमाटेका सहायक अधिकृत अरुण तिवारीले मानिस र प्रकृति बीचको सम्बन्ध एक अर्कोमा आश्रित रहेको बताउदै प्रकृति बिना मानिसको जीवन कल्पनासम्म पनि गर्न नसकिने बताउनु भयो । 

वातावरणीय प्रकोप कुनै देश विशेषको मात्र समस्या नभएर सिंगो मानव जातिको लागि नै चुनौतिको विषय बनेको रेडियो निकासका स्टेसन कोर्डिनेटर कृष्ण उदास खनालले बताउनु भयो ।  

यस तर्फ अबका दिनमा सबैले सोच्ने वेला आएको बताउदै आगामी दिनमा सामाजिक कार्यामा लाग्दै जानको लागि शुभकामना दिनु भयो ।
कार्यक्रममा अगुवा स्रोत केन्द्र हेटौडाका किरण कुमार आचार्य,सिद्धार्थ उच्च माविका पार्चाय मोहन प्रसाद शर्मा,रेडियो निकाशका स्टेसन कोर्डिनेटर कृष्णउदास खनाल,लियो डिस्ट्रक ३ सय २५ विटु एलसि आई चिप सन्तोस शाह लगायतले बोल्नु भएको थियो ।  

सो विद्यालयमा रोपेको विरुवा एक महिना सम्म हेरचाह लियो क्वलले गर्ने संस्थाका सह—सचिव अनिल लामिछानेले बताउनु भयो । सोहि अवसरमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीमा अतिरिक्त क्रियाकलाप समेत भएको थियो । अतिरिक्त क्रियाकलापमा चक्लेट खुवाई,गुच्चा चम्चा दौड,बोरा दौड,खुल्ला दौड समेत गरेको थियो । सो प्रतियोगितमा प्रथम ,द्धितिय र तृतिय भएका विद्यार्गीहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गरेको थियो ।

कार्यक्रममा शिक्षक विद्यार्थी,लायन्स क्वलका पदाधिकारी, लियो क्वल क्वलका सम्पूर्ण पदाधिकारीहरुको उल्लेखनिय उपस्थित रहेको  थियो ।

0 comments

Write Down Your Responses