Powered by Blogger.
बालदिवसको अवसरमा मामाघरमा विविध कार्यक्रम


हेटौंडा । बाल दिवसको अवसर पारेर लियो क्लब अफ हेटौँडाले मामाघर नेपालमा संरक्षित भान्जाहरुलाई आलु १ बोरा, प्याज १ बोेरा, बिस्कुट १ का., चाउचाउ १ का., दाल ५ केजी, चक्लेट ४ दपा., कापी १० वण्डल, पेन्सील १२ पा.गरी स्टेश्नरी र खाद्यान्न सहयोग गरेको छ । 

यसै क्रममा नलेज भिलेजका निर्देशक शिरिष फुयाँलले आफ्नो जन्मदिन मनाउनुभएको छ । भान्जालाई मिठाई खुवाउँदै मामाघर नेपालको भवन निर्माण कार्यमा आफुले पनि सहयोग गर्न नगद रु.५,०००।—(पाँच हजार रुपैया) सहयोग उपलब्ध गराउनु भएको हो । 

एक व्यक्ति एक प्याज, एक आलु र पाँच रुपैया संकलन अभियान गरी नवोदय शिशु सदन ईङ्गिलिस वोर्डीङ स्कुल हेटौँडा—४ का शिक्षक तथा विद्यार्थीहरुले ५ के.जी दाल, ५ बोरा चामल, २ का. तेल, २ बोरा प्याज, ७० केजी आलु, २ दर्जन साबुन, २० केजी नुन, र २ पाकेट चाकोफन उपलब्ध गराएको हो । 

आगामी दिनमा पनि यस्तो सहयोग जारी रहने विद्यालयका प्र.अ सकुन्तला जोशीले बताउनु भएको छ । यसरी सहयोग गर्न पाउदा आफुलाई अन्यन्त खुशी लागेको विद्यालयका फाउण्डर एवम निर्देशक दिपेश जोशीले बताउनु भयो ।

0 comments

Write Down Your Responses