Powered by Blogger.
सम्वादका किशोर किशोरी टोल सरसफाईमा


हेटौंडा । मनहरी ७ र ४ मा सञ्चालित सम्वादका किशोर किशोरीले टोल सरसफाई गरी समुदायमा सचेतना फैलाएका छन् । मनहरीको युनिक किशोर सम्वाद केन्द्रले मनहरी ७, घडेरीडाँडा, नयाँ वस्ती र चनौटा टोल सरसफाई गर्नुको साथै टोलका प्रत्येक घरमा फोहोर संकलनको लागि वोरा वा डस्टविन भए नभएको र शौचालय सफा भए नभएको अनुगमन गरेका छन् । 

उनीहरुले अनुगमनका क्रममा शौचालय प्रयोग पछि सावुन पानीले हात धुने नधुने पनि अनुगमन गरेका छन् । शौचालय नजिक धारामा सावुन नभए तुरन्त सावुन राख्न पनि सुझाव दिएका छन् । त्यसै गरी मनहरी ४ गुरुङटोल किशोरी सम्वाद केन्द्रले पनि गुरुङटोल, प्रणामी टोल सरसफाईको साथै जनचेतना फैलाएका छन् । किशोर किशोरीले सडक गल्ली र घर वरपर भएका प्लाष्टिक संकलन र नष्ट गर्ने, जमेको पानी निकासी गर्ने र झाडी फाँडने काम गरेका हुन । 

सहभागी किशोर किशोरीले समुदायका अभिभावक र युवा युवतीहरुलाई पनि सरसफाईमा सहभागी हुन अनुरोध गरी अभिभावकको उल्लेख्य सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा सम्वाद सहयोग समिति संयोजकहरु दिलमाय गिरी, कान्छिमाया प्रजा, वडा नागरीक मंच ४ का संयोजक सानुमाया गुरुङ, सदस्यहरु कान्छीमाया राना, सम्वाद परियोजना अधिकृत कमल कुमार विश्वकर्मा लगायतको सहभागिता रहेको थियो । 

सहभागी किशोर किशोरीले सरसफाई कार्यक्रमलाई निरन्तरता दिने वताएका छन् भने अभिभावकहरुले उनीहरुको अभियानमा सहयोग गर्ने वताएका छन् । सम्वाद स्ट्रोम फाउण्डेशन र सामुदायिक विकास केन्द्र नेपालको सहकार्यमा सञ्चालित कार्यक्रम हो ।

0 comments

Write Down Your Responses