Powered by Blogger.
हेटौँडा—काठमाण्डौँ सुरुङ मार्ग निर्माणमा ओलीको ध्यानाकर्षण


पालुंग २९ भाद्र । मकवानपुर उद्योगा वाणिज्य संघले पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेको छ । भेटको क्रममा संघका अध्यक्ष राजकुमार न्यौपानेले हेटौँडा—काठमाण्डौँ सुरुङ मार्ग निर्माणको विषयमा ध्यानाकर्षण गरेको छ । 

हेटौँडा—काठमाण्डौँ सुरुङ मार्ग निर्माण गरे मकवानपुरकै बृहत्तर हित हुने भन्दै न्यौपानेले नेकपा एमालेको तर्फबाट हेटौँडा—काठमाण्डौँ सुरुङ मार्ग निर्माणमा गम्भीर ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए । उद्योग वाणिज्य संघले ओलीसँग हेटौँडालाई क्षेत्रीय राजधानीका लागि समेत पहल गर्न आग्रह गरेको छ । 

जवाफमा अध्यक्ष ओलीले संघले निक्कै राम्रो विषयको उठान गरेको र नेकपा एमाले विकास निर्माण तथा समृद्धिको लागि सधै लागि परेको तथा हेटौँडा—काठमाण्डौँ सुरुङ मार्ग निर्माणलाई पनि उत्तिकै महत्वको साथमा लिएको बताए । हेटौँडा—काठमाण्डौँ  सुरुङ मार्गले मकवानपुरको मात्र नभई मुलुकको समृद्धिको आयमनै हुने उनको भनाई रहेको छ ।

यसै गरी संघको टोलीले हेटौडा बजारको २५ मीटर सडकको विषयलाई चाडै नै टुंगोमा पुर्याउनु पर्नेमा समेत ध्यानाकर्षण गराएको छ ।  

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण अग्रवाल, महासचिव महेन्द्र राउत, सल्लाहकार विजेन्द्र अग्रवाल, उद्योगी यम सिलवाल लगायतको उपस्थिति रहेको थियो । 

थाहा नगर उद्योग वाणिज्य संघले बुधबारबाट शुरु गरेको दोश्रो थाहा महोत्सवको उद्घाटन गर्न अध्यक्ष ओली पालुंग आईपुगेको अवसरमा संघको टोलीले सो ध्यानाकर्षण गराएको हो ।



0 comments

Write Down Your Responses