Powered by Blogger.
प्रेस चौतारी ललितपुरमा डिल्ली


ललितपुर । प्रेस चौतारी ललितपुरको चौथो जिल्ला अधिवेशनले डिल्ली आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । आइतबार सम्पन्न अधिवेशनले आचार्यको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति सर्वसम्मत रुपमा गठन गरेको हो ।

राजधानी दैनिकका प्रमुख संवाददाता आचार्य यसअघि प्रेस चौतारीको उपत्यका समितिमा सदस्य समेत थिए । सम्मेलनबाट उपाध्यक्षमा बालमुकुन्द आचार्य र सचिवमा घनश्याम धमला चयन भएका छन् । यस्तै सहसचिवमा जिवी लामा र कोषाध्यक्षमा सविन शर्मा निर्वाचित भए ।

यसैगरी सदस्यहरुमामा नवराज सञ्जेल, ईश्वर महर्जन, विपना श्रेष्ठ, पुरुषोत्तम बस्नेत, अञ्जली शाक्य, हरिशरण तिमल्सिना, शान्ति घिमिरे र नवीन लुइँटेललाई चयन गरिएको छ  । 

कार्यक्रमको उद्घाटन शत्रमा नेकपा (एमाले)का सचिव तथा प्रचार विभाग प्रमुख योेगेश भट्टराई, प्रचार विभागका उपप्रमुख सूर्य थापा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेकपा (एमाले) ललितपुरका जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, सचिव अमृतनाथ तिमिल्सिना लगायतले शुभकामना दिएका थिए । 

कार्यक्रममा प्रचार विभाग सचिव विष्णु रिजाल, सदस्य रबिन प्यासी, एमाले ललितपुरका निवर्तमान अध्यक्ष मधुसुदन पौडेल, चौतारीका केन्द्रीय पदाधिकारीहरु तथा अन्य संगठनका प्रतिनीधीहरुको उपस्थिति थियो । सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयनका लागि ३ नम्मर प्रदेश इन्चार्ज विश्वमणि सुबेदीको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । 

अध्यक्ष मण्डलमा सचिव अमृतनाथ तिमल्सीना, सचिव देविका घर्तीमगर, केन्द्रीय सदस्य शन्तराम बिडारी, हेमराज सिलवाल, सञ्चिता घिमीरे र चौतारी ललितपुरका सल्लाहकार ईश्वरराज ढकाल रहनुभएको थियो ।

सबैसंगको सहमतिपछि अध्यक्ष मण्डलले जिल्ला समितिको नाम अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष सुबेदीले सर्वसम्मत रुपमा घोषणा गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष आचार्यले श्रमजिवि पत्रकारहरुको हकहितसँगै उनीहरुको दक्षता बिकासको लागि आफ्नो नेतृत्व क्रियाशिल रहने बताए ।



0 comments

Write Down Your Responses