Powered by Blogger.
सिआईबी प्रमुख सिलवाललाई अन्तर्राष्ट्रिय अवार्ड


काठमाडौं, १८ असोज । नेपाल प्रहरीमा विशेष पहिचान बनाएको निकाय केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

दक्षिण अफ्रिकाको जोहनेसवर्गमा जारी १७ औं साइटिस सम्मेलनमा सिआईबी ‘क्लार्क आर वभिन बाइल्डलाइफ ल इन्फोर्समेन्ट अवार्ड’बाट सम्मानित भएको हो । अमेरिकाको वासिङगटन डीसीस्थित एनिमल वेलफेयर इन्स्टिच्यूटले सिआईबीका निर्देशक तथा डिआईजी नवराज सिलवाललाई उक्त अवाड प्रदान गरेको हो ।

सन् २०१० देखि नेपालमा चोरी शिकार बिरुद्द बिभिन्न अपरेशनहरु सञ्चालन गरी गैडांमा शून्य चोरी शिकार बर्षहरु मनाउन उल्लेखनीय योगदान पुर्‍याउनुका साथै त्यसको निरन्तरता र अन्य वन्यजन्तुको चोरी शिकार नियन्त्रणमा उल्लेखनीय योगदानको कदर स्वरुप यो सम्मान दिएको हो ।

विश्वभर बन्यजन्तुसम्वन्धी कानुन कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्नेहरुलाई हरेक ३–३ वर्षमा यो अवार्ड प्रदान गर्ने गरिन्छ ।


0 comments

Write Down Your Responses