Powered by Blogger.
पत्रकार पौडेललाई तुलसीलाल स्मृति पत्रकारिता पुरस्कार


ललितपुर । पत्रकार माधव पौडेल बामपन्थी आन्दोलनका शिखर पुरुष तुलसीलाल अमात्यको नाममा स्थापित पुरस्कारबाट पुरस्कृत भएका छन् । 

दृष्टि सप्ताहिकमा कार्यरत पौडेललाई पत्रकारिताको क्षेत्रबाट परिर्वतनको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह भन्दै प्रेस चौतारी ललितपुरले सम्मान गरेको हो । प्रस चौतारी ललितपुरको चौथो जिल्ला अधिवेशनको आइतबार उद्घाटन समारोहमा पत्रकार पौडेललाई नेकपा (एमाले)का सचिव तथा प्रचार विभाग प्रमुख योेगेश भट्टराईले सम्मानपत्र प्रदान गरे । 

सम्मानपत्रका साथै नगद पाँच हजार रुपैंया पनि पुरस्कारमा छ । पत्रकार पौडेलले पत्रकारिता आफ्नो कर्म भएको उल्लेख गर्दै आफ्नो कर्मलाई सम्मान गरेकोमा खुसी प्रकट गरे । पत्रकारिताको क्षेत्रबाट समाज रुपान्तरण र परिवर्तनको लागि लागिरहने उनको प्रतिबद्धता छ ।

अग्रज पत्रकार पौडेललाई पुरस्कार दिन पाएकोमा प्रेस चौतारी नेपाल ललितपुरका अध्यक्ष रमेश तिमिल्सिनाले खुसी प्रकट गरे । उनले भने, ‘पत्रकारिताको माध्यमबाट समाज रुपान्तरण र परिर्वतनका लागि अहोरात्र लागेको पत्रकारलाई पुरस्कृत गर्न पाउँदा खुसी लागेको छ ।’

 पत्रकार प्रतिक तामाङको संयोजकत्वमा रहेको पुरस्कार छनोट समितिले पत्रकार पौडेललाई पुरस्कारको सिफारिस गरेको हो । सो समितिमा इश्वरराज ढकाल र डिल्ली आचार्य सदस्य थिए । यसअघि उक्त पुरस्कारबाट पत्रकार प्रतिक तामाङ सम्मानित भएका थिए ।

पौडेलले यसअघि छलफल, रोडम्याप, सुर्योदय, सम्बोधन, बुधबार र साँघु साप्ताहिकमा काम गरेका थिए । बिकास पत्रकारितासँगै प्रशासनिक क्षेत्रको पत्रकारितामा उनको गहिरो दख्खल छ ।



0 comments

Write Down Your Responses