Powered by Blogger.
शुभकामना सँगै टिका जमरा

मकवानपुर,२१ असोज /  हेटौडा ६ चौघडामा रहेको प्रज्वल शिक्षा सदन इङिलस् स्कुलले शुभकामना, तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक शैक्षिक गुठिद्धारा सञ्चालित प्रज्वल स्कुलले विजय दशमी,दिपावाली र छठ पर्वको अवसरमा आज शुभकामना आदान प्रदान संगै विद्यार्थीलाई टिमा जमरा लगाइदिएर दशै मनाएको हो ।
विद्यालयको प्रङगणमा आयोजना गरिएको कार्यक्रममा विद्यालयका प्रन्सिपल सुनील सिवाकोटी, शिक्षक, विद्यार्थी तथा अभिभावकले  दशैं शुभकामना दिएका थिए । विद्यार्थीहरुलाई आफ्नो चाडपर्वको महत्व, मनाउने शैलि र संस्कृतिको संरक्षण गर्नको लागि  विद्यार्थी,अभिभाव तथा शिक्षकहरुलाई टिका र जमरा लगाई दशै मनाएको गुठियार तथा विद्यालयकी शिक्षिका लक्ष्मी श्रेष्ठले बताउनु भयो ।

0 comments

Write Down Your Responses