Powered by Blogger.
गोगने स्मार्ट यूथ क्लवका अध्यक्षमा रुपक कालिराज


गोगने , २९ असोज / सामाजिक सेवामा समर्पित रहि गठन गरिएको गोगने स्मार्ट यूथ क्लवका अध्यक्षमा रुपक कालिराज चयन हुनु भएको छ । गोगने वडा नं. १ मा वसेको यूवाको भेलाले संञ्चारकर्मी रुपक कालिराजको अध्यक्षतमा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो । 
कमिटिको उपाध्यक्ष वालकुमार कार्की,कोषध्यक्ष सर्मिला ढकाल ,सचिव कृष्ण गोले,सह सचिव संगीता कालिराज चयन भएका छन । कमिटिको सदस्यहरुमा अक्कल रुम्बा,राजकुमार विष्ट,विजय मोक्तान,यूवराज कार्की,सुवास विष्ट,राजकुमार विष्ट,साजन रुम्बा, सावित्री विष्ट, कल्याण ढकाल, अजय मोक्तान, दिपक कालिराज, सुमन विष्ट, दिपा ढकाल, राम कुमार ढकाल, सजनी रुम्बा, अर्जुन गोले, भगवान अर्जेल, सागर रुम्बा, संगीता विष्ट र मनिकलाल कालिराज रहेका छन । 
४० जना युवा सदस्य भएको यस क्लबले ‘समाज परिवर्तनका लागि यूवाको भुमिका भन्ने मूल नाराका साथ यूवालाई सही मार्गमा ल्याई सामाजिक कार्यमा क्रियाशिल गराउने उद्देश्य अनुरुप गठन गरिएको क्लवका अध्यक्ष कालिराजले बताउनु भयो ।
सोहि अवसरमा क्लवका संरक्षणको रुपमा विनायक गोलेको संयोजकत्वमा ७ सदस्यीय गठन गरिएको छ । सदस्यहरुमा कृष्ण कालिराज, सुनिता  ढकाल,जय बहादुर गोल, जयराम परियार र झम्क कालिराज रहेका छन । नवनिर्वाचि अध्यक्ष रुपक कालिराजले आजका यूवा देशका खम्बा भएको बताउदै गाँउ विकास गर्नको लागि यूवा नै अग्रसर हुन जरुरी रहेको बताउदै यस क्लवले समाज परिर्वतन गर्नको लागि अहम भुमिका खेल्ने विश्वास दिलाउनु भयो । यस क्लवले समाजमा भइरहेको विकृतिलाई हटाई सभ्य समाज बनाउन तत्वर रहने समेत बताउनु भयो ।
 सो भेलाका सहभागि समाजसेवि कृष्ण कालिराजले युवाहरु विदेश पलायन हुनाले देशमा समस्या बढ्दै गएको अवस्थामा यस्ता युवा क्लव गठन पश्चात टोल र गाँउको विकास कार्यमा टेवा पुग्ने र क्लव गठन गर्नमात्र ठूलो कुरा नभई व्यवहारमा लागू गर्र्नु ठूलो भएको बताउँदै पदाधिकारीलाई बधाई दिंदै सफलताको शुभकामना व्यक्त गर्नुभयो । 
त्यस्तै अर्का समाजसेवि सुनिता ढकालले पछिल्लो समय यूवाहरु कुलद तर्फ लागिरहेको अवस्था यसरी एक भई समाजलाई नमुना बनाउँनको लागि एक जुट हुनु सकरात्मक भएको बताउनु भयो । 
त्यस्तै सुन्दरी देवि माविका अध्यक्ष तथा समाजसेवि विनायक गोलले आजका यूवा भनेको देशका खम्बा भएको र गाँउ विकास गर्नको लागि यूवा नै अग्रसर हुन जरुरी रहेको बताउदै यस क्लवले समाज परिर्वतन गर्नको लागि अहम भुमिका खेल्ने विश्वास रहेको बताउनु भयो ।



0 comments

Write Down Your Responses