Powered by Blogger.
मकवानपुरे टोली हेटौंडा फर्किए


हेटौडा,२१ असोज ÷ दक्षिण कोरियामा गत ३० सेप्टेम्बर देखि अक्टोबर ३ सम्म भएको माफ फेष्टिबलमा नेपालको प्रतिनिधित्व गर्दै गएको टोलीे गृह जिल्ला मकवानपुर फर्किएको छ । माफमा भाग लिन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत र कार्य समिति सदस्य उज्जल चौलागाई जानु भएको थियो । नेपालले उक्त मेलामा आफ्नो संस्कृति, पर्यटन, हस्तकला लगायतका सामग्री प्रदर्शन गर्नुका साथै मकवानपुरको किवीलाई समेत प्रदर्शनी गरेको थियो । ‘मेलामा आफ्नो स्टलमा बुद्ध नेपालमा जन्मेका हुन्  ( दगममजब दयचल ष्ल लभउब ि) लेखिएको व्यानर सबैले देख्ने गरी राखिएको थियो ।’ सहभागी संघका अध्यक्ष राज कुमार न्यौपानेले जानकारी दिनु भएको छ ।  मेलामा मकवानपुरको शहिद स्मारक, मकवानपुरगढी, चिसापानीगढी, चुरियामाई, दामन, सिमभञ्ज्याङ्ग लगायत एक गाऊ, एक उत्पादन अन्तर्गतको किवी खेती र यसको उपयोगितालाई समेत प्रदर्शनीमा राखिएको थियो । 
मेलामा सहभागी हुन गएको टोलीले त्यहाँ रहेको बुसान उवासंघ र चाङ्गगुन उवासंघसँग आपसी हितका विषयमा छलफल गरेको थियो । छलफल पछि त्यहाँ रहेका यी दुई उद्योग वाणिज्य संघले निकट भविष्यमा मकवानपुरको भ्रमण गर्ने तय भएको मउवासंघका महासचिव महेन्द्र राउतले जानकारी दिनु भएको छ । मकवानपुर नेपालको औद्योगिक जिल्ला समेत रहेको र कोरियाले समेत यस औद्योगिक क्षेत्रमा केकस्तो उद्योग सञ्चालन गर्न सक्छ ? भन्ने मूल धारणाका साथ बुसान वाणिज्य संघको टोली मकवानपुरको हेटौडा आउने बताईएको छ । नेपालको तर्फबाट झाकी समेत प्रदर्शन गरिएको सो मेलामा गायक बद्री पँगेनी लगायतले लोकगीत मार्फत दर्शकश्रोतालाई मनोरञ्जन दिएका थिए ।  ‘विश्वका १८ देशले आफ्नो संस्कृति संसारभर पुर्याई रहँदा नेपालले समेत आफ्नो उपस्थिति जनाउनु हामी नेपालीको लागि गौरवको कुरो हो ।’ मउवासंघका सदस्य उज्जल चौलागाईले बताउनु भएको छ । 

0 comments

Write Down Your Responses