Powered by Blogger.
हामी कवि र कवितामा न्यौपाने

हेटौडा, २९ असोज  / सर्वनामको आयोजनामा हुने ‘हामी कवि र कविता’को ३९ औं शृंखलामा मकवानपुरे कवि अनिता न्यौपाने प्रस्तुत हुँदै छिन् । लामो समयदेखि साहित्य सिर्जनामा क्रियाशिल न्यौपानेले भोलि कात्र्तिक १ गते सर्वनाम र लूनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरको आयोजनामा हुने “हामी कवि र कविता” कार्यक्रममा आफ्ना कविता वाचन गर्ने छिन् । 

 सर्वनाम थिएटर कालिकास्थानमा हुने कार्यक्रममा अर्का कवि जीवन खत्रीको पनि प्रस्तुती रहने सर्वनामका राज साहले जानकारी दिनु भयो । सर्वनामले हरेक महिनाको सुरुआत केही राम्रा कविता सुनेर गरौं’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गर्दै आएको साहले बताउनु भयो । कवि न्यौपाने आचल साहित्य कला पुञ्जको सचिव र मकवानपुरको अग्रणी साहित्यक संस्था साहित्य संगमको कोषाध्यक्ष रहेकी छिन् । 

   हरेक महिनाको एक गते दुई जना कविलाई कविता वाचनका लागि आमन्त्रण गरिने साहले जानकारी दिनु भयो ।  उक्त कार्यक्रममा यसअघि मकवानपुरबाट साहित्यकार निमेष निखिल प्रस्तुत भइसकेका छन् ।

0 comments

Write Down Your Responses