Powered by Blogger.
मामाघर नेपाल मकवानपुरलाई खसी सहयोग

हेटौडा,२१ असोज ÷ विगत लामो समय देखि हेटौँडालाई सडक बालबालिका मुक्त बनाउने अभियानमा सकृय  मामाघर नेपाल मकवानपुरलाई दशैँका लागि खसी सहयोग प्राप्त भएको छ । थर्ड आई रिकन्डीसन हेटौँडाका सञ्चालक सुनिल गिरी र कृष्ण कोईरालाले विगतका वर्षहरुमा भैैmँ यस वर्ष पनि वडा दशैँको शुभअवसरमा १५ हजार पर्ने ३२ केजीको खसी सहयोग गरेको मामाघरले जनाएको छ । 
थर्ड आई रिकन्डीसन हेटौँडाका सञ्चालक सुनिल गिरीले  सामाजिक कार्या गरिरहेको र सडकमा जिवन व्यतिति गरिरहेको वालवालिकाहरुको जिवन वचाउनको लागि अतुलनीय सहयोग गरिरहेकोले आफुलाई सहयोग गर्ने भावना भएको बताउदै आगामी दिनमा समेत सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसै गरी लामो समय ईजरायल बसी फर्केका मकवानपुरे युवाहरु कृष्ण प्र. बजगाई, सोनाम लामा र ईजरायली नागरिक लरिसाले २५ हजार बराबरको खेलौना उपलब्ध गराउनु भएको मामाघर नेपाल मकवानपुरले जनाएको छ । 
त्यसै गरी हेटौंडा ४ निवासी समाजसेवी रवी अग्रवालले ३ बोरा चामल सहयोग स्वरुप उपलब्ध गराउनु भएको छ ।

0 comments

Write Down Your Responses