Powered by Blogger.
क्षमता भएपछि एउटा मात्र मिडियाको मुख ताकेर बस्न पर्दैनः विष्ट

कार्तिक, ७ मकवानपुर— पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा वरिष्ठ पत्रकार प्रताप विष्टले क्षमता भएपछि एउटा मात्र मिडियाको मुख ताकेर बस्न नपर्ने बताउनुभयो । पत्रकार महिलाको पेशागत सुरक्षामा नेपाल पत्रकार महासंघको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि विष्टले महिला पत्रकारको क्षमता नै सबै भन्दा बलियो सुरक्षा कवच भएको बताउनुभयो ।  क्रियाशिल पत्रकार महिला (wwj) मकवानपुरको आयोजनामा सन्डेक्लव अन्र्तगत  भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारु मगरले पत्रकार महिलाको सुरक्षामा पत्रकार महासंघ सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघकी केन्द्रिय पार्षद नानीमैंया विष्टले निष्क्रिय रहेका पत्रकार महिलालाई सक्रिय बनाउन पत्रकार महासंघले भुमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागिले पत्रकार महिलाको पेशागत र व्यावसायिक सुरक्षा कै कमीका कारण धेरै यस पेसाबाट पलायन भइरहेको र पत्रकार महिलाको पेशागत विकास र क्षमता अभिवृद्धि का लागि पहल गर्नुपर्ने बताए । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका सह—सचिव कुमार अधिकारी, कार्यसमिति सदस्य सुरेश श्रेष्ठ, असोक सुजन श्रेष्ठ, शिव चौलागाई लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारको उपस्थिती रहेको थियो । क्रियाशिल पत्रकार महिला (धधव)  मकवानपुरकी अध्यक्ष रञ्जिता डंगोलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

0 comments

Write Down Your Responses